Nepal Life

ओरिएन्टल होटल सहित ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, दशै खर्च जोहो गर्ने मौका

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 10:07
ओरिएन्टल होटल सहित ४ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, दशै खर्च जोहो गर्ने मौका
Sanima Reliance

काठमाडौं । आजसम्म ओरिएन्टल होटल सहित चार वटा म्युचुअल फण्डको इकाइ खरिद गर्नेले तोकिएको लाभांश पाउनेछन् । आजसम्म शेयर खरिद गर्नले लगानीकर्ताले सम्बन्धित कम्पनीबाट प्राप्त हुने लाभांशबाट दशै खर्च जोहो गर्न सक्ने छन् । 

NIMB

आज असोज १० गते बुधबार १ कम्पनी र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लाभांश वितरण प्रयोजनको लागि असोज ११ देखि असोज १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका कम्पनी र म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको हो ।

असोज ११ गते इन्द्र जात्राको अवसरमा काठमाडौँमा सार्वजनिक विदा रहेको र नेप्से पनि बन्द हुने भएकोले बिहिबार शेयर कारोबार हुने छैन ।

ओरियन्टल होतेल्सले ५.२६३२ प्रतिशत नगद लाभांश दिदैछ । त्यस्तै एनएमबि फिफ्टी म्युचुअल फण्डले १५ प्रतिशत नगद लाभांश दिनेछ भने एनएमबि हाईब्रिड फण्ड एल वानले पनि १५ प्रतिशत नै नगद लाभांश दिनेछ । आजसम्म सनराइज फर्स्ट म्युचुअल फण्डको इकाइ खरिद गर्नले १६ प्रतिशत नगद लाभांश पाउने छन् । सानिमा इक्विटी फण्डले १८ प्रतिशत नगद लाभांश दिदैछ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया