Nepal Life

ओम हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 10:28
ओम हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट
Shikhar detail

काठमाडौं । ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका सेवा सुविधामा माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

NIMB

सम्झौता पत्रमा ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र माछापुच्छ्रे निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा योनो नेपाल एसबीआई मोबाइल एप प्रयोगकर्ताले ओम हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ओम हस्पिटलले आकस्मिक उपचारदेखि सघन उपचार तथा पेन मेडिसिनलगायतका ३७ भन्दा बढी विषयमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आएको छ ।

माछापुच्छ्रे बैंकले देशभरका १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ इकाइ, ७ प्रादेशिक कार्यालय, २०३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया