Nepal Life

१९औं एसियाड : टी-२० मा नेपालको विश्व कीर्तिमानी जित

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 11:10
१९औं एसियाड : टी-२० मा नेपालको विश्व कीर्तिमानी जित
Sanima Reliance

काठमाडौं । नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ ।

NIMB

जेजिया ङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा बुधबार बिहान भएको खेलमा जितको लागि तीन सय १५ रनको विश्व कीर्तिमानी विशाल लक्ष्य पछ्याएको मङ्गोलिया १३.१ ओभरमा सबै विकेटको क्षतिमा ४१ रनमा समेटियो । यो विश्व टी-२० क्रिकेटमा कीर्तिमानी ठूलो जित हो । 

यसअघि २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध दुई सय ५७ रनको जित निकालेको थियो । मङ्गोलियाका दावासुरेनले २३ बलमा दुई चौकासहित सर्वाधिक १० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले दुई दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा तीन सय १४ रन बनाएको थियो । यो लक्ष्य विश्व टी-२० अन्तर्राष्ट्रियमा हालसम्मकै ठूलो हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान दुई  सय ७८ रन बनाएका थिए ।

नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानी ब्याटिङ गरे । कुशल मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित अविजित एक सय ३७ रन बनाए । 

दीपेन्द्रसिंह ऐरीले १० बलमा आठ छक्कासहित अविजित ५२ रन बनाए । ३४ बलमै सतक प्रहार गरेसँगै कुशल टी-२० को इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमानी ब्याट्सम्यान बनेका छन् ।  

यसअघि सर्वाधिक छिटो शतक ३५ बलमा बनेको थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए । 

यस्तै कप्तान राहित पौडेलले २७ बलमा दुई चौका र ६ छक्कासहित ६१ रन बनाए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले एक सय ९३ रनको साझेदारी गरे । यो टी-२० मा नेपाली ब्याट्सम्यानले हासिल गरेको हालसम्मको उच्च साझेदारी हो ।

दीपेन्द्रसिंह ऐरीले अविजित ५२ रन जोड्दै विश्व कीर्तिमान बनाए । उनले नौ बलमा अर्धशतक हान्दै नयाँ विश्व कीर्तिमान रचेका हुन् । दीपेन्द्रले यसअघि भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन् । 

ओपनर कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन बनाए । मङ्गोलियाविरुद्ध कप्तान रोहित पौडेलले पनि १९ बलमै अर्धशतक पूरा गरे । समूह ए मा रहेको नेपालले अब दोस्रो खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया