Nepal Life

सूचिकृत कम्पनीलाई नविकरण शुल्क बुझाउन नेप्सेको ताकेता, असोज पछि १० प्रतिशत हर्जना

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 11:21
सूचिकृत कम्पनीलाई नविकरण शुल्क बुझाउन नेप्सेको ताकेता, असोज पछि १० प्रतिशत हर्जना
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले यहि असोज मसान्त भित्र नविकरण शुल्क भुक्तानीका लागि सूचिकृत कम्पनीहरुलाई ताकेता गरेको छ । एक्सचेन्जले यहि मंसिर मसान्त भित्रमा नविकरण शुल्क भुक्तानी नगरेमा १० प्रतिशतका दरले अर्जना लाग्नुका साथै कारोबार पनि रोक्का गरिने जनाएको छ ।

NIMB

दोस्रो बजारमा सूचिकृत कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०/८१ को नविकरण बीमा शुल्क पहिलो तीन महिना भित्रमा गरिसक्नु पर्छ । कम्पनीरुको सूचिकरण शुल्क चुक्ता पूँजीका आधारमा तोकिएको छ । ५० करोड रुपैयाँसम्म चुक्ता पूँजी भएका कम्पनीले ५० हजार रुपैयाँ, ५० करोड भन्दा माथि चुक्ता पूँजी भएका कम्पनीले एक लाख रुपैयाँ भुक्तानी गर्नु पर्छ । डिवेन्चर तथा म्युचुअल फण्डको हकमा ५० करोडसम्मका लागि २५ हजार र ५० करोड भन्दा माथिको कोष रहेकाले ५० हजार रुपैयाँ शुल्क भुक्तानी गर्नु पर्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया