Nepal Life

शेयरधितो कर्जाको मुद्दालाई अन्योलमा पार्दै राष्ट्र बैंक, कसको निर्देशनमा चलिरहेका छन् गभर्नर अधिकारी ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 15:11
शेयरधितो कर्जाको मुद्दालाई अन्योलमा पार्दै राष्ट्र बैंक, कसको निर्देशनमा चलिरहेका छन् गभर्नर अधिकारी ?
Sanima Reliance

काठमाडौं । चौतर्फी दवाव पछि पनि नेपाल राष्ट्र बैंक १२ करोडको शेयर धितो कर्जा सिमा संशोधनका लागि आनाकानी गरिरहेको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले ठाडो निर्देशन दिदा पनि गभर्नर अधिकारीले दुई वटा बोर्ड बैठकमा एजेण्ड समेत प्रस्तुत गरिरहेका छैनन् । 

NIMB

आज बुधबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पनि यस मुद्दालाई टुङ्गो लगाउन सकेन । राष्ट्र बैंकले यस विषयमा भने आन्तरिक रुपमा पटक पटक छलफल गरिसकेको छ । आजको बैठकमा यस विषयको एजेण्डा नै प्रस्तुत गरिएको थिएन । 

यहि विषयलाई लिएर गभर्नर अधिकारीले केहि दिन अगाडी नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल सँग समेत छलफल गरेका थिए । छलफल पछि अध्यक्ष महालले केहि दिन भित्रै यो विषय टुङ्गो लाग्ने प्रतिक्रिया दिएका थिए । शेयर बजारका लगानीकर्ताहरु सत्तापक्षले नसकेको भन्दै सत्ताको विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई नै भेट्न पुगेका थिए । ओलीले पनि यस विषयमा आफुले पहल गर्ने आश्वासन दिएका थिए । तर सत्ता विपक्षले यहि विषयलाई अहिले प्रमुख मुद्दा बनाइरहेको छ । सञ्चार माध्यममा प्रस्तुत हुँदा लगानीकर्ताको पक्षमा बोल्ने र व्यवहारिक रुपमा गभर्नर अधिकारीलाई अंकुस लगाउने गरेको छ । गभर्नर अधिकारी नेकपा एमाले निकट छन् । 

यदि सरकार परिवर्तन गर्न सकियो भने आफ्नो कार्यकालको सुरुमै यो मुद्दालाई समाधान गरेर पपुलारिटी हासिल गर्ने मनस्थितिमा छ । त्यसमा पनि नेकपा एमालेले आफ्ना प्रतिनिधि भएको हरेक निकायबाट सरकारलाई असहयोग गर्न आन्तरिक रुपमा निर्देशन नै दिदै आएको छ । यसैको सिकारमा शेयरधितो कर्जाको मुद्दा परिरहेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हाल चीन भ्रमणमा छन् । उनि भ्रमण सकाएर फर्किने वित्तीकै सत्ता समिकरण परिवर्तन हुने चर्चा छ । यहि दाउमा नेकपा एमाले छ । हरेक मुद्दालाई आफ्नो हातमा राखेर नचाउन खप्पीस नेकपा एमालेले वर्तमान सरकारलाई असफल बनाउन हरेक हतकण्डा अपनाइरहेको प्रष्ट हुन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया