NIMB Header 2
Prabhu Mahalaxmi

नबिल छाडेका सुजितकुमार शाक्य एनआइसी एशिया बैंकका नयाँ सीईओ नियुक्त

United Ajod
  • BFIS News
  • 2025 Nov 03 13:09
नबिल छाडेका सुजितकुमार शाक्य एनआइसी एशिया बैंकका नयाँ सीईओ नियुक्त
IME LIFE

काठमाडौं । एनआइसी एशिया बैंकले सुजितकुमार शाक्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।

Nepal Life
NIMB

बैंकले चार वर्षका लागि शाक्यलाई सीईओमा नियुक्त गरेको जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)लाई गराएको छ। बैंकका अनुसार शाक्यले आगामी ३० दिनभित्र पदभार ग्रहण गर्ने र त्यसपछि आवश्यक विवरण सार्वजनिक गरिनेछ।

गत कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको ७३६औं बैठकले शाक्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

शाक्य यसअघि नबिल बैंकमा कार्यरत थिए। राेशनकुमार न्यौपानेले राजीनामा दिएपछि एनआइसी एशिया बैंकमा सीईओको पद खाली रहेको थियो।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया