Nepal Life

एम अधिकारीको छायाँमा शेयर बजार, सातामा २५.४८ अंकले घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 15:31
एम अधिकारीको छायाँमा शेयर बजार, सातामा २५.४८ अंकले घट्यो
Sanima Reliance

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी ‘एम अधिकारी’ले शेयरधितो कर्जाको सिमामा अड्को थाप्दा शेयर बजार बढ्न सकेको छैन । शेयरधितो कर्जाको सिमा खारेज गर्न अर्थमन्त्रीदेखि लिएर पुरै राज्य संयन्त्र लाग्दा पनि गभर्नर अधिकारीले चट्टानी अडान लिदा लगानीकर्तामा निरासा छाएको हो ।

NIMB

अघिल्लो साता १९६४.९२ अंकसम्म तल झरेको शेयर बजार अर्थमन्त्रीले गभर्नर अधिकारीलाई भेटेरै शेयरधितो कर्जाको सिमा संशोधन तथा खारेज गर्न दिएको निर्देशन पछि २०२९.७८ अंकमा पुगेको थियो । जव राष्ट्र बैंकको पहिलो बैठक बस्यो त्यसमा गभर्नर अधिकारीले यस विषयमा कुनै पनि निर्णय नै गरेनन् । त्यस पछि शेयर बजार पुन ओरालो झर्ने क्रममा २००४ अंकमा झर्यो । आज बुधबार राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्ने चर्चाले हिजो दोस्रो बजारमा दोहोरो अंकको सुधार भयो । तर आज पनि राष्ट्र बैंकको सञ्चालक समितिको एजेण्डमा यो मुद्दाले प्रवेश नै पाएन । अन्तत आज पनि नेप्से सूचक १८.६० अंकले घटेर २००४.३० अंकमा झर्यो ।

सूचकमा गिरावट देखिए पनि कारोबार रकम भने एक अर्ब ८१ करोडको भएको छ । १९३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । आज सर्वाधिक धेरै सन नेपाल लाइफको ७ करोड ६२ लाख रुपैयाँको खरिद बिक्री भएको छ । त्यस्तै एनआइसी एशिया बैंकको ६ करोड १९ लाख रुपैयाँको कारोबार भयो । यो साता शेयरधितो कर्जाकै विषयले चर्चा पायो । यसैले बजारलाई तलमाथी पारेको हो ।  

अहिलेको शेयर बजार गभर्नर अधिकारीकै छत्र छायाँमा चलिरहेको छ । चौतर्फी दवाव पछि पनि गभर्नर अधिकारीले गभर्नरको भुमिका विर्सिएर एम अधिकारीको भुमिका निर्वाह गरिरहेको बजार विश्लेषकहरुको आरोप छ ।

शेयरधितो कर्जाको मुद्दालाई अन्योलमा पार्दै राष्ट्र बैंक, कसको निर्देशनमा चलिरहेका छन् गभर्नर अधिकारी ?

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया