Nepal Life

निर्जीवन बीमा व्यवसायमा ठुलो मन्दी, एक महिनामा २२ प्रतिशतले घट्यो बीमा शुल्क आर्जन

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 17:02
निर्जीवन बीमा व्यवसायमा ठुलो मन्दी, एक महिनामा २२ प्रतिशतले घट्यो बीमा शुल्क आर्जन
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा व्यवासयमा थप मन्दी देखा परेको छ । चालु आर्थिक वर्षको पहिलो महिनाको तुलनामा दोस्रो महिनामा कुल बीमा शुल्क आर्जन २२.२४ प्रतिशतले घटेको हो ।

NIMB

गत साउनमा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । जवकी भदौ महिनामा उनिहरुले तीन अर्ब ९ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा अधिकाम्स बीमा कम्पनीहरुको बीमा शुल्क आर्जनमा गिरावट आएको छ । सर्वाधिक धेरै बीमा शुल्क आर्जन गरेकोको सगरमाथा लुम्बिनीकै ३४ प्रतिशतले घटेको छ । त्यस्तै दोस्रो धेरै बीमा शुल्क आर्जन गरेको सिद्धार्थ लुम्बिनीपनि २७ प्रतिशतले घटेको छ ।

शिखरको भने ३.३४ प्रतिशतले मात्रै घटेको छ । सगरमाथाले दुई महिनामा ९१ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा असारमा ५५ करोड १५ लाख रहेकोम गत साउनमा ३६ करोड ३१ लाख मात्रै छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गरेको सिद्धार्थ प्रिमियरले दुई महिनामा ७३ करोड ४१ लाख रुपैयाँ आर्जन गर्दा साउनमा ४२ करोड ५० लाख थियो भने भदौमा ३० करोड ९१ लाख मात्रै छ ।

निर्जीवन बीमा व्यवसायको ठुलो हिस्सा मोटर तथा सम्पत्ती बीमामा रहेको हुन्छ । मोटर बीमाको बृद्धिदर नकारात्मक छ । त्यस्तै बैंक वित्तीय संस्थाले आवासीय घर कर्जा खासै प्रवाह गर्न सकेका छैनन् । अहिले ठेक्का पट्टाको सिजन होइन त्यसैले पनि यो यि महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय ह्वात्तै घटेको हो । समग्र आर्थिक मन्दीको प्रभाव निर्जीवन बीमा कम्पनीमा पनि देखापरेको प्रष्ट हुन्छ । व्यापार व्यवसाय घट्ने वित्तीकै बीमाको माग पनि घट्छ । नेपाल सरकारले अनिवार्य गरिदिएका क्षेत्रमा बाहेक सर्वसाधारणले खासै बीमा गर्न रुचाउदैनन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया