सिटिजन्स बैंकले १९औँ वार्षिक साधारण सभा मंसिर १२ गते बोलायो, ५% बोनस शेयर वितरणको प्रस्ताव
- BFIS News
- 2025 Nov 05 10:49
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न १९औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकले आउँदो मंसिर १२ गते, शुक्रबार, अनुपम फुडल्यान्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौंमा साधारण सभा बोलाएको हो। सभा बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम रहेको छ।
सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
त्यसका साथै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने, साथै लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गत कात्तिक १७ गते बुकक्लोज गरिसकेको छ। यस अनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा सहभागी हुन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
सिटिजन्स बैंकले प्रत्येक वर्ष नियमित रूपमा आफ्ना शेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्दै आएको छ, जसले बैंकप्रति लगानीकर्ताको विश्वास अझ मजबुत बनाएको बताइन्छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)





.jpg)


प्रतिक्रिया