NIMB Header 2
Nepal Life

मितेरी डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 05 11:12
मितेरी डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान
National Life

काठमाडौं। मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागिएको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले २०औँ वार्षिक साधारण सभा मंसिर ६ गते, शनिबारका दिन सुनसरी उद्योग वाणिज्य संघ, धरानमा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। 

Shikhar
NIMB

बैंकले सभामा कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

मितेरी डेभलपमेन्ट बैंकले पछिल्ला वर्षहरूमा निरन्तर नाफा कमाउँदै आएको छ र शेयरधनीहरुलाई स्थिर प्रतिफल प्रदान गर्ने नीतिमा अघि बढ्दै आएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया