NIMB Header 2
Nepal Life

सिन्धुलीमा निर्माणाधीन सिँचाइ योजनाको ट्रान्सफर्मर चोरी

National Life
  • BFIS News
  • 2025 Nov 05 15:49
सिन्धुलीमा निर्माणाधीन सिँचाइ योजनाको ट्रान्सफर्मर चोरी
Sanima Reliance

सिन्धुलीमाढी, कात्तिक १९ गते। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ मा निर्माणाधीन महेन्द्र झ्याडी लिफ्ट सिँचाइ योजनाको ट्रान्सफर्मर चोरी भएको छ। बागमती प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको उक्त योजनाको १०० केभि क्षमताको ट्रान्सफर्मर मङ्गलबार राति चोरी भएको हो।

Shikhar
NIMB

स्थानीयका अनुसार, विद्युत् जडानका लागि जडान गरिएको ट्रान्सफर्मर फुटाई भित्रको तामाको तार (क्वाइल) लिएर चोरिएपछि काम अवरुद्ध भएको छ।
वडा अध्यक्ष कमलकुमार राईले भन्नुभयो, “ट्रान्सफर्मर चोरी हुँदा योजनाको प्राविधिक उपकरणमा ठूलो क्षति पुगेको छ।”

प्रहरी चौकी महेन्द्र झ्याडीका इन्चार्ज सई राजनारायण साहका अनुसार, ट्रान्सफर्मर बस्तीभन्दा केही टाढा जङ्गल क्षेत्रमा जडान गरिएको थियो। चोरी गर्ने व्यक्तिहरूको पहिचान अहिलेसम्म नखुलेको र खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो।

वडा अध्यक्ष राईका अनुसार, उक्त ट्रान्सफर्मर २०८२ सालमा जडान गरिएको थियो। हालसम्म योजनामा करिब ६५ लाख रुपैयाँ खर्च भइसकेको र निर्माण कार्य करिब ७५ प्रतिशत पूरा भइसकेको छ। तर, चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारले बजेट विनियोजन नगरेकाले योजना सम्पन्न गर्न कठिनाइ भएको उहाँले बताए।

योजना पूरा भएपछि मरिण खोलाबाट पानी लिफ्ट गरी हरिहरपुरगढी गाउँपालिका–४ का झ्याडी र भल्खाडा क्षेत्रका करिब ५५० बिघा जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुग्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया