Nepal Life

मर्जर पछि सगरमाथा र सिद्धार्थ बने सर्वाधिक बलिया प्रतिर्पर्धी

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Wed 17:37
मर्जर पछि सगरमाथा र सिद्धार्थ बने सर्वाधिक बलिया प्रतिर्पर्धी
Sanima Reliance

काठमाडौं । मर्जर पछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी विच कडा प्रतिपर्धा देखिएको छ । गत आर्थिक वर्षको अन्तिममा लुम्बिनीको व्यवसाय सर्वाधिक देखिए पनि चालु आर्थिक वर्षको दुई महिनामै सगरमाथा र सिद्धार्थ अगाडी छ ।

NIMB

गत साउनमा सिद्धार्थको व्यवसाय ४२ करोड ५० लाख थियो भने अहिलेको भदौमा ३० करोड ९१ लाखमा झरेको छ । त्यस्तै सगरमाथाको पनि गत साउनमा ५५ करोड १५ लाख थियो । तर अहिले भदौमा ३६ करोड ३१ लाख मात्रै छ ।  

मर्जर पछि समग्रमा व्यवसायिक तथा अन्य हिसावले पनि यदि दुई कम्पनी सबैभन्दा धेरै प्रतिस्पर्धी देखिएका हुन् । दुबैले मर्जरको सिनर्जी लिन खोजिरहेका छन् । तर भदौ महिना निर्जीवन बीमा व्यवसायका हिसावले खासै राम्रो छैन । समग्र निर्जीवन बीमा व्यवसाय नै २२ प्रतिशतले घटेको छ । आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव बीमा कम्पनीको व्यवसायमा देखिएको हो ।

अहिले बजारमा रहेका अन्य कम्पनी भन्दा सिद्धार्थ र प्रिमियर नै सबैभन्दा बलिया प्रतिस्पर्धी देखिएका छन् । साविक कम्पनीहरुको सिर्जनी पाएका दुबैले पुराना व्यवसायलाई नविकरण गरिरहेका छन् । 

दुबै कम्पनीका प्रमुख कार्यकारी अधिकृत निर्जीवन बीमा कम्पनीकै सर्वाधिक सक्रिय सिइओका रुपमा चिनिन्छन् । सगरमाथा लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सिद्धार्थ प्रिमियरका विरेन्द्र वैदवार एक अर्कामा सबैभन्दा मिल्ने साथी पनि हुन् । अहिले समग्र निर्जीवन बीमा व्यवसायमा यिनै दुईले नेतृत्व गरेका दुई कम्पनीले कुल बजार हिस्सा २३.२७ प्रतिशत ओगटेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया