Nepal Life

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा, प्रतिकुल परिस्थितिमा गोविन्द गुरुङको उत्साहजनक सुधार

NMB Bank
  • BFIS News
  • 2025 Nov 06 11:20
कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा, प्रतिकुल परिस्थितिमा गोविन्द गुरुङको उत्साहजनक सुधार
National Life

काठमाडौं, कात्तिक २१ – कृषि विकास बैंक लिमिटेड (ADBL) ले आर्थिक वर्ष २०८१/८२ का लागि कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक वित्तीय संस्थाले प्रतिकुल परिस्थितिको सामना गरिरहदा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्नो उत्कृष्ट प्रदर्शन गरेर आफुलाई प्रमाणित गरेका छन्। 

Shikhar
NIMB

बैंकको सञ्चालक समितिको बैठकले जारी पूँजी रू. १३ अर्ब ८५ करोडको आधारमा १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यस अन्तर्गत ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरिएको बैंकले जनाएको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र वितरण गरिनेछ।

हाल बजारमा कृषि विकास बैंकको प्रतिशेयर अन्तिम कारोबार मूल्य (LTP) रू. ३१५.०० रहेको छ। यस प्रस्तावले बैंकका सेयरधनीहरूलाई केही राहत प्रदान गर्ने अपेक्षा गरिएको छ, साथै आगामी साधारणसभापछि लाभांश वितरण प्रक्रियालाई टुंगो लगाइनेछ

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया