Nepal Life

इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लाग्दा कर्मचारीको मृत्यु

NMB Bank
  • BFIS News
  • 2025 Nov 06 20:49
इन्टरनेट मर्मत गर्ने क्रममा करेन्ट लाग्दा कर्मचारीको मृत्यु
National Life

बिर्तामोड, कात्तिक २० गते । इन्टरनेटको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर घाइते भएका एक प्राविधिकको उपचारका क्रममा मृत्यु भएको छ।

Shikhar
NIMB

मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका–१ का १९ वर्षीय आशिस खनाल रहेका छन्। खनाल ‘फस्ट लिङ्क वाइफाइ’ कम्पनीमा कार्यरत थिए।

गत मंगलबार झापा कमल गाउँपालिका–६, मंगलवारेमा बिजुलीको पोलमा चढी इन्टरनेट मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

गम्भीर घाइते अवस्थामै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा, बुधबार साँझ करिब ७ बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पोस्टमार्टमपछि खनालको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया