NIMB Header 2
Nepal Life

पेशागत बीमा अभिकर्ता संघ बिमक कर्णाली प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्ष कृपा राज भट्टको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत गठन

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 16 22:05
पेशागत बीमा अभिकर्ता संघ बिमक कर्णाली प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्ष कृपा राज भट्टको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत गठन
National Life

काठमाडौं। कर्णाली प्रदेश बिमक समितिको नव–निर्वाचित कार्यसमितिको गठन गर्दै सम्पन्न अधिवेशन भव्य उपस्थिति, सकारात्मक छलफल र सुदृढ संगठनात्मक प्रतिबद्धतासहित ऐतिहासिक रूपमा सम्पन्न भएको छ।

NIMB

अधिवेशनले अध्यक्षमा कृपा राज भट्ट, उपाध्यक्षमा स्मृति भट्ट र पवित्रा भट्टराई, सचिवमा सुमित्रा कुमारी शाही, सह–सचिवमा टेक राज पुरी, कोषाध्यक्षमा सर्मिला शर्मा तथा सदस्यहरूमा रामबहादुर हमाल, हरिबहादुर के.सी., गीता राना, जयपुरा रोकाया, स्मृति शर्मा र राजकुमारी सुनारलाई चयन गरेको हो। अधिवेशनका प्रमुख वक्ताहरूले बीमा अभिकर्ताहरूको भूमिका, बीमितको हित, र संस्थागत विकासका विषयमा महत्वपूर्ण धारणा राख्दै संगठनलाई अझ सक्षम र सुदृढ बनाउन सबै अभिकर्ताको सामूहिक उत्तरदायित्व रहेको उल्लेख गरेका छन्।

कार्यक्रममा बोल्दै ट्रेड युनियनका नेता देबि प्रसाद शर्माले बीमितको भलाइलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीको बोनस संरचना सुदृढ बनाउनु आजको आवश्यकता भएको बताए। त्यस्तै, ट्रेड युनियनका सदस्य मस्टी प्रसाद जैसीले नेपाल लाइफका देशभरका शाखा समितिहरू सशक्त रूपमा विस्तार गर्दै संगठनलाई अझ बलियो बनाउने योजना प्रस्तुत गरेका थिए। विशेष वक्ता तथा बिमक केन्द्रिय उपाध्यक्ष जुहारी लाल चौलागाईंले बिमकद्वारा स्थापना गरिएको अक्षकोषको उद्देश्य, अभिकर्ताको हितमा यसको उपयोगिता तथा आजीवन सदस्यताको महत्वबारे विस्तृत अभिव्यक्ति राखेका थिए। कार्यक्रमको संयोजन बिमक केन्द्रिय सदस्य सन्तोष शर्माले गरेका थिए, जसको प्रभावकारी सञ्चालनबापत सहभागीहरूले प्रशंसा व्यक्त गरे। शुभकामना मन्तव्य सुर्खेत शाखाका अध्यक्ष भक्तबहादुर कार्कीले दिए।

अध्यक्ष कृपा राज भट्टले पुरानो समितिद्वारा सम्पन्न महत्वपूर्ण गतिविधिको प्रतिवेदन प्रस्तुत गर्दै नयाँ कार्यकालमा अझ सक्षम, सक्रिय र अभिकर्ता–मैत्री कार्यशैली अवलम्बन गर्ने प्रतिवद्धता जनाए। कार्यक्रमका क्रममा नेपाल लाइफ इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख (RM) अनन्त अधिकारीले प्रदेशले पछिल्लो आर्थिक वर्षमा १००% “Date Calem” लक्ष्य पूरा गर्न सफल भएको जानकारी दिंदै अभिकर्ताहरूको एकता, मेहनत र प्रतिबद्धताले नेपाल लाइफलाई प्रदेशकै सर्वाधिक विश्वसनीय कम्पनीको रूपमा उभ्याएको बताए। नेपाल लाइफ सुर्खेत शाखा प्रमुखले अभिकर्ताहरूको सक्रियतालाई कम्पनीको “सबैभन्दा मजबुत जग” भन्दै कर्णालीलाई नमुना शाखा बनाउन अभिकर्ताहरूको भूमिकाको उच्च प्रशंसा गरे।

यसैबीच नव–निर्वाचित सह–सचिव टेक राज पुरीले कर्णाली प्रदेशमा नेपाल लाइफले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत अझ प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउँदै अभिकर्ताहरूका आवाजहरू संस्थागत रूपमा उठाइरहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा विभिन्न वक्ताहरूले बीमितको हित, अभिकर्ताको सुरक्षा, संगठन सुदृढीकरण र शाखा विस्तारका मुद्दामा स्पष्ट तथा दूरदर्शी धारणा राखे।

नव–निर्वाचित नेतृत्वले पारदर्शिता, उत्कृष्ट समन्वय र अभिकर्ता–केन्द्रित कार्यक्रमहरूको माध्यमबाट संगठनलाई नयाँ उचाइमा पुर्‍याउने संकल्प व्यक्त गरेको छ। एकीकृत प्रतिबद्धता, सशक्त सहभागिता र भविष्यप्रति भरोसामूलक दृष्टिकोणसहित सम्पन्न यो अधिवेशन कर्णाली प्रदेशका अभिकर्ताहरूका लागि ऐतिहासिक दिवसका रूपमा अंकित भएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया