NIMB Header 2
Nepal Life

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण

National Life
  • BFIS News
  • 2025 Nov 19 11:44
मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण
Sanima Reliance

काठमाडौँ । समकालीन चुनौतीहरू तथा सार्वजनिक सुरक्षामा बढ्दो जिम्मेवारीलाई ध्यानमा राख्दै मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ।

Shikhar
NIMB

एक औपचारिक कार्यक्रमकाबीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले नेपाल प्रहरी वृत महराजगञ्जका कार्यालय प्रमुख निरञ्जन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेका हुन्। बैंकका अनुसार यस सहयोगले समग्रमा समुदायमा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन, संवेदनशील स्थानहरूको प्रभावकारी निगरानी गर्न, समयमै सूचना संकलनमा सहजता ल्याउन तथा सुशासन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यलाई निरन्तरता दिँदै आएको छ। “सुरक्षित समाज निर्माण हाम्रो साझा दायित्व हो,” कार्यक्रमका अवसरमा बैंकले जनाएको थियो। नेपाल प्रहरी नागरिक सुरक्षाको अग्रपंक्तिमा रहने संस्थान भएकाले यस सहयोगले प्रहरीको दैनिक कार्यसम्पादनमा थप सहजता आउने विश्वास बैंकले व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया