Nepal Life

बैंक वित्तीय संस्थाले लाभांश घोषणा गर्न सुरु गरिसक्दा पनि म्युचुअल फण्डले अझै सकेनन्, ४३ मध्ये १५ वटाले मात्रै दिए

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 04:53
बैंक वित्तीय संस्थाले लाभांश घोषणा गर्न सुरु गरिसक्दा पनि म्युचुअल फण्डले अझै सकेनन्, ४३ मध्ये १५ वटाले मात्रै दिए
Sanima Reliance

काठमाडौं । बैंक वित्तीय संस्था तथा अन्य कम्पनीहरुले लाभांश घोषणा गर्न सुरु गरिसक्दा पनि अझै आधार भन्दा धेरै म्युचुअल फण्डले लाभांश घोषणा गर्न सकेका छैनन् । अन्य कम्पनीहरु भन्दा म्युचुअल फण्डको लेखापरीक्षण छिटो सम्पन्न हुने र अन्य कानुनी झण्झट कम हुने भएकाले साउन र भदौ महिनामा लगभग सबैले लाभांश घोषणा गर्ने तथा वितरण गर्न सक्छन् ।

NIMB

तर अहिलेसम्म जम्मा १५ वटा म्युचुअल फण्डले मात्रै लाभांश घोषणा गरेका छन् । जवकी दोस्रो बजारमा मात्रै ३६ वटा क्लोज इन्डेड र ७ वटा ओपन इन्डेड म्युचुअल फण्ड बजारमा सञ्चालन भइरहेका छन् । यसरी ४३ वटा म्युचुअल फण्ड मध्ये १५ वटाले मात्रै लाभांश घोषणा गरेका छन् । केहि म्युचुअल फण्ड चालु आर्थिक वर्ष तथा गएको आर्थिक वर्षमा सञ्चालन भएका छन् । उनिहरु बाहेक अन्यले लाभांश घोषणा गर्नु पर्नेमा धेरैले गर्न सकेका छैनन् । लाभांश घोषणा गर्ने मध्ये पनि दुई वटा बाहेक सबैको बुक क्लोज भइसकेको छ ।  

गएको आर्थिक वर्षमा तुलनात्मक रुपमा अघिल्लो आर्थिक वर्षको भन्दा चलाख म्युचुअल फण्डले राम्रो पैसा बनाउने अवसर पाएका थिए । तर म्युचुअल फण्डहरु सबैमा एकै नासको सक्किल हुँदैन । प्राय म्युचुअल फण्ड बजार बढ्दा कमाउने अर घट्दा घट्ने खालका छन् । तर यस अवधिमा नाफा बुक गर्ने, स्टप लस गर्ने, जोखिम बहन गर्ने, राम्रा कम्पनी छानेर पोर्फेलियो व्यवस्थापन गर्ने क्षमता भएकाले राम्रो मुनाफा आर्जन गरेका छन् । म्युचुअल फण्डको न्याभ रिपोर्ट हेर्दा शेयर बजार जुत गतिमा छ त्यहि गतिमा नाफा घाटा भएको देखिन्छ ।

शेयर बजार कहिले पनि सरल रेखामा चल्दैन । जसले बजारलाई राम्रो सँग बुझेर प्ले गर्न सक्छ उसैले मुनाफा कमाउने हो । नत्र गुमाउने नै हो । अधिकाम्सले पोर्टफेलियो गुमाउदै गर्दा उनिहरुको लाभांश क्षमता पनि कमजोर भएको छ । म्युचुअल फण्ड निष्काशन गर्नु भन्दा अगाडी उनिहरुले जुन किसिमको प्रोजेक्सन गरेका हुन्छन् त्यस अनुसार कसैले पनि काम गर्न सकेका छैनन् । यदि बजार अस्वभाविक रुपमा बढ्यो भने जसले पनि नसोचेको कमाउछन् होइन भने सबैले गुमाउने गरेका छन् ।

म्युचुअल फण्ड अन्य क्षेत्र भन्दा कम रेगुलेट भएको क्षेत्र हो । त्यसैले उनिहरुले आफ्नो पारदर्शिता र विश्वसनियता बजारमा धेरै भन्दा धेरै देखाउन सक्नु पर्छ । यहि कारणले गर्दा जहिले पनि प्राथमिक बजारमा म्युचुअल फण्डको बजार मूल्य एकदमै कमजोर हुने गरेको छ । बजार बुझेको सामान्य लगानीकर्ताले पाउने जति पनि प्रतिफल नदिए पछि स्वभाविक रुपमा कसैको पनि आकर्षण देखिदैन । त्यसैले म्युचुअल फण्डहरु बढि व्यवसायिक हुन आवस्यक छ ।

म्युचुअल फण्ड सञ्चालन गर्ने मर्चेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई हरेक वर्ष ५० प्रतिशत भन्दा बढि लाभांश खुवाउछन् तर इकाइधनीहरुलाई पनि ५/७ प्रतिशतमै चित्त बुझाइदिन्छन् । यसले गर्दा पनि म्युचुअल फण्ड प्रतिको आकर्षण गिर्दो छ ।

कुन म्युचुअल फण्डको लाभांश कति ? 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया