NIMB Header 2
Nepal Life

सूर्यज्योति लाइफको ‘कर्पोरेट मिट–२०८२’ सम्पन्न, कर्मचारी सशक्तीकरण र संस्थागत संस्कृतिमा रूपान्तरणमा जोड

Muktinath Bank
  • BFIS News
  • 2025 Nov 25 15:10
सूर्यज्योति लाइफको ‘कर्पोरेट मिट–२०८२’ सम्पन्न, कर्मचारी सशक्तीकरण र संस्थागत संस्कृतिमा रूपान्तरणमा जोड
Everest Bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले मङ्सिर ५ गते काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा “कर्पोरेट मिट–२०८२” सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रमले कर्मचारीको क्षमता विकास, प्रेरणा अभिवृद्धि तथा संस्थागत संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यलाई केन्द्रमा राखेर सञ्चालन गरिएको थियो।

Shikhar
NIMB

कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई, सञ्चाकहरु आकाश गोल्छा, चुडामणि देवकोटा, हेमन्त नाहटा, प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खतिवडा, उप–प्रमुख कार्यकारी अधिकृत फर्सुराम मरासिनी लगायत सम्पूर्ण सूर्यज्योति परिवारको उपस्थिति रहेको थियो। कार्यक्रममा सीईओ खतिवडाले मनोवृत्ति, कार्यशैली, सेवा आचरण र सुशासनका पक्षलाई मजबुत बनाउने महत्वबारे चर्चा गर्दै कम्पनीका आगामी योजनाहरू र यस वर्षको मुख्य कार्ययोजना “We Can” प्रस्तुत गरे।

उद्घाटन सत्रमा डा. सञ्जीव हुमागाईं, डा. दिनेश पन्त र मनोज भट्टराईले क्रमशः प्रोफेसनल कल्चर, इमोशनल इन्टेलिजेन्स तथा प्रभावकारी सञ्चारबारे प्रशिक्षण तथा विचार साझा गरेका थिए।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा ‘एम्प्लोयी अवार्ड’ को घोषणा गरिएको थियो। उत्कृष्ट प्रदर्शन गरेका कर्मचारी र विभागलाई सम्मान गरिएको थियो। जसमा इन्टरनल अडिट एण्ड कम्प्लायन्सका अजीत शर्मा, लिगल एण्ड क्लेमका महेश अधिकारी, फाइनान्सका आशिष ज्ञवाली थिए।

अध्यक्ष भट्टराईले कर्मचारी विकास, सुदृढ सुशासन र नियामकीय निर्देशनहरूको पालनाप्रति कम्पनी कटिबद्ध रहेको उल्लेख गर्दै, यस्ता कार्यक्रमहरूले संगठनलाई थप सक्षम र व्यवस्थित बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले दैनन्दिन कामकाजबाट केही समय अलग भएर सहभागी हुन पाएको अवसरले आफूहरू थप ऊर्जावान, आत्मविश्वासी र व्यावसायिक रूपमा सशक्त भएको अनुभूति रहेको प्रतिक्रिया दिएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया