दसैँमा ५० हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी, मूल्य पुरानै : प्रति केजी ६६० रुपैयाँ मात्रै

  • BFIS News
  • 2023 Sep Sat 11:37
दसैँमा ५० हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी, मूल्य पुरानै : प्रति केजी ६६० रुपैयाँ मात्रै

काठमाडौं । यस  वर्ष  दसैँमा काठमाडौं उपत्यका भित्र मात्रै सरकारी कम्पनी र निजी व्यवसायीले ५०  हजारको  सङ्ख्यामा खसीबोका  र  च्याङ्ग्रा  ल्याउने तयारी गरेका छन् ।

सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी व्यवसायीले उपयत्यकामा दसैँमा खसीबोका ल्याएर बिक्री गर्ने गरेका छन् । यस वर्ष पनि व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गर्ने तयारी गरेका छन् । काठमाडौँ  चौपाया  खरिद बिक्री  सङ्घका  व्यवस्थापक जीवन खड्काले दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोकाको बिक्री सुरु गरिने जानकारी दिए ।

यस वर्ष गत  वर्षकै  हाराहारीमा  ४५  देखि  ५०  हजार  सङ्ख्यामा उपत्यकामा खसीबोकाको खपत हुने उनको अनुमान छ । आर्थिक मन्दीको असरले उपभोक्तासँग पर्याप्त क्रयशक्ति नहुुँदा यस वर्ष बिक्री खासै  नबढ्ने  देखिएको  उनको  भनाइ  छ ।  यस  वर्ष  खसीबोकाको मूूल्य गत  वर्ष  कै  प्रतिकेजी जिउँदो खसीबोकाको मूल्य ६६० देखि ६८० रुपियाँसम्म कायम रहेको उनले जानकारी दिए । हाल नियमित रूपमा दैनिक आठ सय सङ्ख्यामा उपत्यकामा खसीबोकाको खपत हुने गरेको  व्यवसायीको  भनाइ  छ  ।  

घटस्थापनाको  दिनदेखि  अष्टमीको  दिनसम्म  बढीमात्रामा   खसीबोका बिक्री हुने  व्यवसायीको भनाइ छ । दसैँमा सबैले अनिवार्य रूपमा मासुको उपभोग गर्ने भएकाले पनि उपत्यकामा धेरै खसीबोका बिक्री हुने गर्छ । निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् । स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले  छिमेकी  मुुलुक  भारत  र  चीनबाट  समेत खसीबोका र च्याङ्ग्रा आयात गरेर बिक्री गर्ने गरेका छन् ।

खाद्य कम्पनीले तीन हजार बिक्री गर्नेखाद्य  व्यवस्था  तथा  व्यापार  कम्पनी  लिमिटेडले  दसैँलाई  लक्षित  गरेर  तीन  हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । चाडपर्वको बेलामा उपभोक्तालाई सहुुलियत मूल्यमा बिक्री गर्नका लागि गाउँ गाउँबाट खरिद गरेर बिक्री गर्ने  भएको  हो । दसैँमा  बजारमा  खसीबोकाको खपत धेरै हुुने हुुँदा निजी व्यवसायीले मनपरी  मूूल्य  लिई उपभोक्ता  ठग्न  सक्ने  हुँदा  बजार मूल्य नियन्त्रण गर्न खसीबोका खरिद गरी उपत्यकामा ल्याई बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीकी प्रवक्ता शर्मिला न्यौपानेले दुुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याई बिक्री गर्ने तयारी गरिएको जानकारी दिए । 

बजार मूल्य नियन्त्रण गर्नुुका साथै उपभोक्तालाई सहुुलियत मूल्यमा उपलब्ध गराउन यस वर्ष पनि खसीबोका खरिद गर्ने तयारी गरिररहेको उनले जानकारी दिए । वार्षिक कार्यपालिका अनुसार नै कम्पनीले खसीबोका तथा च्याङ्ग्रा खरिदका लागि बजेट छुट्याएको उनको भनाइ छ । उनले भने,  “सरकारले  प्रत्येक  वर्ष  नै  सहुलियत  पसल  र  खसीबोका  तथा  च्याङ्ग्रा  खरिद  गर्दै  आएको छ । आठ करोड ३६ लाख रुपियाँ खसीबोका खरिद गर्नका लागि छुुट्याएको उनले जानकारी दिए । घटस्थापनाको दिनदेखि उपत्यकामा ल्याएर बिक्री खुुला गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

दाङको तुुलसीपुुर, मकवानपुुरको हैटौडा लगायतका जिल्लाबाट खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । सरकारले दसैमा  उपभोक्तालाई  राहत  दिन  खसीबोका  र  च्याङ्ग्रामा प्रतिकिलो १० रुपियाँ छुुट दिएको छ । घटस्थापनाका दिनदेखि कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट खसीबोका र च्याङ्ग्राको बिक्री खुुला गरिने कम्पनीले जनाएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार