NIMB Header 2
Nepal Life

सिद्धार्थ बैंकको नाफा २०.७८ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी पनि उकासियो

NMB Bank
  • BFIS News
  • 2026 Apr 28 07:05
सिद्धार्थ बैंकको नाफा २०.७८ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी पनि उकासियो
United Ajod

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र प्रतिशेयर आम्दानी दुवैमा उल्लेख्य सुधार भएको जनाएको छ।

Shikhar
Nepal Life
NIMB

सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँको तुलनामा २०.७८ प्रतिशतले बढी हो।

बैंकका अनुसार खुद ब्याज आम्दानी सामान्य वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज घट्नुले नाफा वृद्धि हुन प्रमुख भूमिका खेलेको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३.०४ प्रतिशतले बढ्दा खुद फि तथा कमिशन आम्दानी १७.४५ प्रतिशतले वृद्धि भएको छ।

यसैगरी, कुल सञ्चालन आम्दानी ८.२५ प्रतिशतले बढेर सञ्चालन मुनाफा २३.४५ प्रतिशतले उक्लिएको छ। इम्पेरमेन्ट चार्ज घटेर २ अर्ब ३ करोड ५४ लाख रुपैयाँमा सीमित भएपछि सञ्चालन मुनाफामा सुधार देखिएको बैंकले जनाएको छ।

उक्त अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २० रुपैयाँ ९८ पैसा रहेको छ।

नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४९ पैसा वृद्धि भई १७ रुपैयाँ ६२ पैसा पुगेको छ। चैत मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ७३ पैसा कायम रहँदा मूल्य आम्दानी अनुपात २२.२५ गुणा रहेको छ।

बैंकले साढे ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्दै चुक्ता पूँजी १८ अर्ब २९ करोड रुपैयाँ पुर्‍याएको छ। जगेडा कोषमा १७ अर्ब २६ करोड रुपैयाँ सञ्चित रहेको बैंकले जनाएको छ। चैत मसान्तसम्म बैंकले ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया