Nepal Life

जेनजी आन्दोलन क्षति: बीमा कम्पनीबाट ४ अर्ब ३८ करोड दाबी भुक्तानी, पुनर्बीमालाई १५ अर्ब ८१ करोडको भार

NMB Bank
  • BFIS News
  • 2025 Dec 09 17:18
जेनजी आन्दोलन क्षति: बीमा कम्पनीबाट ४ अर्ब ३८ करोड दाबी भुक्तानी, पुनर्बीमालाई १५ अर्ब ८१ करोडको भार
National Life

काठमाडौं। जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूले उल्लेखनीय रुपमा दाबी भुक्तानी प्रक्रिया अगाडि बढाएका छन्। प्राधिकरणमा उपलब्ध पछिल्लो तथ्यांक अनुसार कूल ३,३०० वटा बीमा दाबीहरू परेका छन्, जसको कुल दाबी रकम करिब रू. २३ अर्ब ४४ करोड रहेको छ। तीमध्ये बीमा कम्पनीहरूले अहिलेसम्म अग्रिम भुक्तानीसहित करिब रू. ४ अर्ब ३८ करोड ४८ लाख रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन्।

Shikhar
NIMB

बीमा कम्पनीहरूले गरेका दाबी भुक्तानी

प्राधिकरणमा रहेको १४ निर्जीवन बीमा तथा ४ लघु निर्जीवन बीमा कम्पनीहरूको अद्यावधिक विवरणअनुसार—

१. सम्पत्ति बीमा

  • दाबी संख्या: ७१०

  • कुल दाबी रकम: रू. १९ अर्ब १ करोड

  • भुक्तानी रकम: रू. ३ अर्ब १२ करोड २७ लाख

२. मोटर बीमा

  • दाबी संख्या: २,३०८

  • कुल दाबी रकम: रू. ३ अर्ब ४८ करोड

  • भुक्तानी रकम: रू. १ अर्ब ९ करोड

३. इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा

  • दाबी संख्या: २२५

  • कुल दाबी रकम: रू. ५५ करोड ५५ लाख

  • भुक्तानी रकम: रू. ६ करोड ८१ लाख

४. परिवहन बीमा

  • दाबी संख्या: १२

  • कुल दाबी रकम: रू. १ करोड ६९ लाख

  • भुक्तानी रकम: रू. ६६ लाख

५. अन्य बीमा

  • दाबी संख्या: ४५

  • कुल दाबी रकम: रू. ३८ करोड ४० लाख

  • भुक्तानी रकम (अग्रिमसहित): रू. ४९ लाख

पुनर्बीमा दाबी भुक्तानी

जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको दाबी भुक्तानीलाई सहज बनाउन नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब रू. २ अर्ब ५६ करोड अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको जनाएको छ।

पुनर्बीमा कम्पनीमा हालसम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट कूल २,८६१ वटा पुनर्बीमा दाबी परेका छन्, जसको कुल दाबी रकम रू. १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्यांकमा उल्लेख छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया