नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको पहिलो साधारणसभा सम्पन्न
- BFIS News
- 2025 Dec 14 20:17
काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले मिति २०८२/०८/२५ (डिसेम्बर ११, २०२५) मा अध्यक्ष श्रीमति रितु सिंह वैद्यको अध्यक्षतामा पहिलो वार्षिक साधारण सभा (Annual General Meeting–AGM) सफलतापूर्वक सम्पन्न गरेको छ। NAIMA को कार्यालय, कमलपोखरी, काठमाडौंमा सम्पन्न उक्त सभाले स्थापना देखि हालसम्मका प्रमुख उपलब्धि र सिकाइहरूको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना तथा रणनीतिक योजनाहरू औपचारिक रूपमा पारित गरेको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले स्थापनाको छोटो अवधिमै NAIMA देशको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त आवाजका रूपमा स्थापित हुन सफल भएको बताइन्। उनले विगत नौ महिनामा हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गर्दै पहिलो NAIMA Nepal Mobility Expo 2025 को सफल आयोजनाले समग्र अटोमोबाइल क्षेत्रका सरोकारवालाहरूलाई एउटै थलोमा प्रदर्शनी अवलोकन गर्ने अवसर दिएको र मोबिलिटी क्षेत्रका सिकाइ सत्रहरू निरन्तर सञ्चालन गरिनुले संस्थाको भूमिका अझ बृहत् र विश्वसनीय बनेको उल्लेख गरिन्।
NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन, साथै आगामी वर्षको कार्यक्रम र वित्तीय योजना प्रस्तुत गर्नुभयो। उहाँले संस्थाको दीर्घकालीन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना, पारदर्शिता र जिम्मेवार वित्तीय व्यवस्थापनप्रति कार्यालयको प्रतिबद्धता दोहोर्याउनुभयो। सभामा सहभागी सदस्यहरूले NAIMA ले सक्रिय र प्रभावकारी रूपमा गर्दै आएको कामको प्रशंसा गर्दै आपत्कालीन अवस्थामा राज्यका निकायहरूलाई सहयोग गर्न पाउँदा आफूहरू गौरवान्वित भएको धारणा व्यक्त गरे।
यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ का कार्यक्रमहरू पारित गरेको छ, जसअन्तर्गत नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन तथा अनुसन्धान, नीतिगत बहस र पैरवी, तथा NAIMA Nepal Mobility Expo 2026 को आयोजना लगायतका विषयहरू समेटिएका छन्। NAIMA ले आगामी Mobility Expo २०८३ श्रावण २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारीसमेत गरेको जनाएको छ।
सभाले संस्थागत सुदृढीकरणअन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा स्ट्राटेजी तथा मेम्बरसिप अफेयर्स कमिटी गठन गर्ने निर्णय गरेको छ। साथै, Megatech Group Pvt. Ltd. लाई नयाँ सदस्यका रूपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा कमिटीको सदस्यका रूपमा मनोनयन गरिएको छ। AGM ले सम्भावित र योग्य ब्रान्डहरूलाई समेट्दै मोबिलिटी क्षेत्रका सामूहिक हितका विषयमा नियमित संवाद जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सभाको समापन गर्दै अध्यक्ष वैद्यले सबै सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन उन्नतिका लागि NAIMA ले सक्रिय भूमिका खेलिरहने प्रतिबद्धता व्यक्त गरे।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया