Nepal Life

शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस शेयर वितरण पछि चुक्ता पूँजी तीन अर्ब ९ करोड पुग्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 17 11:02
शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस शेयर वितरण पछि चुक्ता पूँजी तीन अर्ब ९ करोड पुग्ने
National Life

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
NIMB

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

पुस १ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ। 

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९२ करोड रुपैयाँ रहेको छ। प्रस्तावित ६ प्रतिशत अर्थात १७ करोड ५३ लाख रुपैयाँ बोनस शेयर वितरण पश्चात तीन अर्ब ९ करोड पुग्नेछ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया