NIMB Header 2
Nepal Life

सन नेपाल लाइफको पुराना ठूला कम्पनीको भन्दा आकर्षक प्रतिफल, शेयरधनीलाई २० प्रतिशत माथि लाभांश

National Life
  • BFIS News
  • 2025 Dec 18 11:00
सन नेपाल लाइफको पुराना ठूला कम्पनीको भन्दा आकर्षक प्रतिफल, शेयरधनीलाई २० प्रतिशत माथि लाभांश
Sanima Reliance

काठमाडौं। अन्य बीमा कम्पनीहरू जीवन बीमा व्यवसायमा तीव्र प्रतिस्पर्धामा रहँदा सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भने लगातार वर्षहरूमा आफ्ना शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्दै आएको छ। बीमा शुल्क आर्जनभन्दा पनि कम्पनीको वित्तीय मजबुतीलाई प्राथमिकता दिनुपर्ने बताउँदै आएका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको भनाइ व्यवहारमै देखिन थालेको छ।

Shikhar
NIMB

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (SNLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको २०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरिनेछ।

पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

यसअघि कम्पनीले गत वर्ष २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड रुपैयाँ पुगेको थियो। चालु वर्ष ५ प्रतिशत बोनस शेयर र १५.२६ प्रतिशत नगद लाभांश वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ।

व्यवसायिक आकारका हिसाबले जीवन बीमा कम्पनीहरूमध्ये पछिल्लो श्रेणीमा रहे पनि सन नेपाल लाइफको मुनाफा र लाभांश वितरण भने ठूला कम्पनीहरूको तुलनामा समेत आकर्षक देखिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया