NIMB Header 2
Nepal Life

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ९औँ वार्षिक साधारण सभा पौष २४ मा

National Life
  • BFIS News
  • 2025 Dec 18 12:07
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ९औँ वार्षिक साधारण सभा पौष २४ मा
Sanima Reliance

काठमाडौँ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ९औँ वार्षिक साधारण सभा (AGM) आगामी पौष २४, २०८२ गते आह्वान गरेको छ। सभा सोही दिन बिहान ११:०० बजे काठमाडौँको बाँसबारीस्थित शुभा इभेन्ट्समा आयोजना हुनेछ।

Shikhar
NIMB

सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित १०.१७८ प्रतिशत नगद लाभांश पारित गर्ने प्रमुख एजेन्डा रहेको छ। कम्पनीको ५४औँ सञ्चालक समितिको बैठकले मंसिर २९ गते उक्त आर्थिक वर्षका लागि १०.१७८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ।

यसका साथै सभामा लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि समावेश छन्।

कम्पनीले लाभांश वितरण तथा साधारण सभामा सहभागी हुनका लागि पौष ११ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसअघिसम्म शेयरधनी कायम रहेका लगानीकर्ताहरूले लाभांश प्राप्त गर्न तथा उक्त साधारण सभामा सहभागी हुन पाउनेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया