NIMB Header 2
Nepal Life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १३ प्रतिशत नगद लाभांश घोषणा, शेयरधनीले ६५ करोड १५ लाख नगद लाभांश पाउने

National Life
  • BFIS News
  • 2025 Dec 21 12:01
सूर्यज्योति लाइफ इन्स्योरेन्सको १३ प्रतिशत नगद लाभांश घोषणा, शेयरधनीले ६५ करोड १५ लाख नगद लाभांश पाउने
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Shikhar
NIMB

कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको ४११औँ बैठकले हाल कायम चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँको आधारमा १३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित दरअनुसार कम्पनीले कर प्रयोजनार्थसहित कुल ६५ करोड १५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

कम्पनीका अनुसार उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले निरन्तर व्यवसाय विस्तार र सन्तुलित वित्तीय प्रदर्शनका आधारमा शेयरधनीलाई प्रतिफल प्रदान गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया