Nepal Life

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा पुस २९ गते, १२ प्रतिशत नगद लाभांश पारित हुने

NMB Bank
  • BFIS News
  • 2025 Dec 22 14:23
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा पुस २९ गते, १२ प्रतिशत नगद लाभांश पारित हुने
National Life

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्तावित लाभांश पारित गर्न नवौँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

Shikhar
NIMB

इन्स्योरेन्सले पुस २९ गते, मंगलबार, काठमाडौँको गैह्रीधारास्थित एलिस रिसेप्सनमा साधारण सभा बोलाएको हो। सभा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभामा सञ्चालक नियुक्ति अनुमोदन, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु पनि छलफल तथा पारित गरिनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया