Nepal Life

राष्ट्र बैंकले २० अर्ब रुपैयाँको निक्षेप सङ्कलन गर्ने, आज दिउँसो २ बजेसम्म बोलकबोल खुला

NMB Bank
  • BFIS News
  • 2026 Jan 21 12:07
राष्ट्र बैंकले २० अर्ब रुपैयाँको निक्षेप सङ्कलन गर्ने, आज दिउँसो २ बजेसम्म बोलकबोल खुला
National Life

काठमाडौं।  नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा विद्यमान अधिक तरलता व्यवस्थापन गर्न आज माघ ७ गते २० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरणको बोलकबोल आह्वान गरेको छ।

Shikhar
NIMB

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार ६३ दिन अवधिका लागि निक्षेप सङ्कलन गर्न लागिएको हो। इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो २ बजेसम्म नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्।

राष्ट्र बैंकका अनुसार आह्वान गरिएको रकम २० अर्ब रुपैयाँ रहेको छ भने निक्षेपको अवधि ६३ दिनको हुनेछ। सावाँ तथा ब्याजको भुक्तानी मिति २०८२ चैत ११ गते तोकिएको छ। ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ।

बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँका गुणकमा, निःशेष भाग नजाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्। बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। समान ब्याजदरमा बढी आवेदन परेमा ‘प्रो–राटा’ आधारमा बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ।

यस निक्षेप सङ्कलन उपकरणलाई नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था छ। तर, यसरी सङ्कलित रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन्। यद्यपि वैधानिक तरलता अनुपात तथा तरलता अनुपात गणनामा भने समावेश गर्न पाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

निक्षेप सङ्कलन उपकरणको अवधि समाप्त हुनुअघि प्रि–मेच्योर भुक्तानी वा फिर्ता भुक्तानीको कुनै व्यवस्था नरहेको पनि सूचनामा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया