Nepal Life

सिद्धार्थ बैंकको नाफामा १५० प्रतिशत उछाल, प्रतिशेयर आम्दानी १७.९८ रुपैयाँ: चुस्त व्यवस्थापन

NMB Bank
  • BFIS News
  • 2026 Jan 29 09:23
सिद्धार्थ बैंकको नाफामा १५० प्रतिशत उछाल, प्रतिशेयर आम्दानी १७.९८ रुपैयाँ: चुस्त व्यवस्थापन
National Life

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय प्रगति हासिल गरेको छ। बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा, आम्दानी र प्रतिशेयर आम्दानीमा उल्लेख्य वृद्धि देखिएको हो।

Shikhar
NIMB

बैंकले चालू आवको पुस मसान्तसम्म १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिमा आर्जन गरेको ५३ करोड २ लाख रुपैयाँको तुलनामा १५०.२० प्रतिशतले बढी हो।

समीक्षा अवधिमा बैंकको आम्दानीमा पनि सुधार देखिएको छ। गत आवको पुस मसान्तसम्म ४ अर्ब ११ करोड ६० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालू आवको पुस मसान्तसम्म बढेर ४ अर्ब ३२ करोड ८० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ५ अर्ब २७ करोड ३३ लाख रुपैयाँबाट बढेर ५ अर्ब ९७ करोड ३३ लाख रुपैयाँ पुगेको छ।

आम्दानी बढेसँगै बैंकको सञ्चालन नाफा पनि उल्लेख्य रूपमा वृद्धि भएको छ। समीक्षा अवधिमा सञ्चालन नाफा ७५ करोड ५४ लाख रुपैयाँबाट बढेर १ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ७.१९ रुपैयाँबाट बढेर १७.९८ रुपैयाँ पुगेको छ। खराब कर्जा अनुपात ४.५० प्रतिशतबाट घटेर ३.४५ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २११.२३ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पी/ई रेसियो) २१.४५ कायम भएको छ।

१४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सिद्धार्थ बैंकको जगेडा कोषमा ५८ करोड ४५ लाख रुपैयाँ र रिजर्भ कोषमा १५ अर्ब ८७ करोड ९ लाख रुपैयाँ रहेको छ। बैंकले हालसम्म २ खर्ब २५ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २ खर्ब ९० अर्ब ४७ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

बैंकको व्यवस्थापन विश्लेषणअनुसार व्यवसाय, आम्दानी र तरलतामा सकारात्मक सुधार देखिएको छ। बैंकले डिजिटल–फर्स्ट रणनीतिमार्फत ग्राहक सेवा सुधार, प्रक्रियागत सुधार र सञ्चालन क्षमता अभिवृद्धिमा निरन्तर ध्यान दिएको जनाएको छ। सूचना प्रविधि पूर्वाधार, स्वचालन र साइबर सुरक्षामा लगानीलाई प्राथमिकतामा राख्दै सुरक्षित र भरपर्दो डिजिटल सेवा प्रवाहमा जोड दिइएको बैंकको भनाइ छ।

यद्यपि, सुस्त आर्थिक अवस्थाका कारण कर्जा असुलीमा केही प्रभाव परेको व्यवस्थापनको विश्लेषण छ। यसका साथै, बैंकले सम्भावित कर्जा तथा सञ्चालन जोखिम न्यूनीकरण गर्न जोखिम व्यवस्थापन प्रणाली, कर्जा मूल्याङ्कन मापदण्ड र अनुगमन संयन्त्रलाई थप सुदृढ बनाउँदै लगेको जनाएको छ।

बैंकले आफ्नो व्यवसायलाई बैंकिङ (कर्जा, निक्षेप तथा व्यापार कारोबार), डिजिटल भुक्तानी, अन्तर्राष्ट्रिय रेमिट्यान्स र ट्रेजरी गरी मुख्य चार क्षेत्रमा विभाजन गरी सञ्चालन गर्दै आएको छ। ट्रेजरी विभागले बैंकको कोष व्यवस्थापकको भूमिका निर्वाह गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया