Nepal Life

सूर्यज्योति लाइफको नाफा सँगै प्रतिशेयर आम्दानीमा सुधार, खुद बीमा शुल्क आर्जन ५ अर्ब ७१ करोड नाघ्यो

NMB Bank
  • BFIS News
  • 2026 Feb 04 11:30
सूर्यज्योति लाइफको नाफा सँगै प्रतिशेयर आम्दानीमा सुधार, खुद बीमा शुल्क आर्जन ५ अर्ब ७१ करोड नाघ्यो
National Life

काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेड (SJLIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य रूपमा बढेको देखिएको छ।

Shikhar
NIMB

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम गत वर्षको सोही अवधिको १९ करोड ६१ लाख रुपैयाँको तुलनामा २.९२ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १४.६३ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानी १०.०३ प्रतिशतले बढेको छ। त्यस्तै, कुल दाबी भुक्तानी ११.३४ प्रतिशतले बढ्दा कुल खर्च पनि १०.७४ प्रतिशतले वृद्धि भएको विवरणमा उल्लेख छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) मा पनि सुधार देखिएको छ। प्रतिशेयर आम्दानी २३ पैसाले बढेर ८ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा कायम रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E Ratio) ५५.६९ गुणा रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। महाविपत्ति कोषमा ४४ करोड २ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४५ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया