नेशनल लाइफ र कर्णाली याक्सबीच साझेदारी, एनपीएल तेस्रो सिजनका लागि आधिकारिक बीमा साझेदार
- BFIS News
- 2026 Oct 23 18:46
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि कर्णाली याक्ससँग आधिकारिक बीमा साझेदारका रूपमा सहकार्य गर्ने भएको छ। कम्पनीले क्रिकेटप्रतिको उत्साह, खेलाडीप्रतिको विश्वास र सुरक्षित भविष्य निर्माण गर्ने साझा प्रतिबद्धतालाई अघि बढाउँदै कर्णाली याक्ससँग साझेदारी गरेको हो।
कम्पनीका अनुसार कुनै पनि सफल टोलीको आधार विश्वास, समर्पण र चुनौती सामना गर्ने क्षमतामा निहित हुन्छ। यही मान्यतालाई आत्मसात् गर्दै नेशनल लाइफ इन्स्योरेन्सले भविष्यप्रति आत्मविश्वास बढाउन र जीवनका सम्भावनालाई सुरक्षित बनाउन बीमाको महत्त्वलाई उजागर गर्न खोजेको छ।
यस साझेदारीले क्रिकेटको लोकप्रियतालाई विश्वास र वित्तीय सुरक्षाको सन्देशसँग जोड्ने अपेक्षा गरिएको छ। क्रिकेटले खेलाडी तथा समर्थकमा एकता, धैर्य र दृढताको भावना विकास गरेझैँ बीमाले पनि भविष्यप्रतिको अनिश्चिततालाई व्यवस्थापन गर्दै सुरक्षित जीवनतर्फ अघि बढ्न सहयोग पुर्याउँछ। त्यसैले कम्पनीले खेलकुदको उत्साहसँगै सुरक्षा, आत्मविश्वास र दीर्घकालीन सोचको सन्देश प्रवाह गर्ने लक्ष्य लिएको छ।
कर्णाली याक्ससँगको सहकार्यलाई नेशनल लाइफ इन्स्योरेन्सले खेलप्रतिको सम्मान र सम्भावनाप्रतिको विश्वास अभिव्यक्त गर्ने अवसरका रूपमा लिएको छ। दुवै पक्षको सहकार्यले क्रिकेटप्रेमीलाई प्रेरित गर्नुका साथै सुरक्षित भविष्य निर्माण गर्ने सोचलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)
.gif)
.gif)








प्रतिक्रिया