Nepal Life

युनाइटेड अजोडले पायो हकप्रद निष्काशनको अनुमति, १०० कित्ता बराबर १५ कित्ता भर्न मिल्ने

NMB Bank
  • BFIS News
  • 2026 Feb 10 20:32
युनाइटेड अजोडले पायो हकप्रद निष्काशनको अनुमति, १०० कित्ता बराबर १५ कित्ता भर्न मिल्ने
National Life

काठमाडौं। नेपाल धितोपत्र बोर्डले युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडलाई हकप्रद शेयर निष्कासनका लागि अन्तिम स्वीकृति दिएको छ। बोर्डको माघ २७ गतेको निर्णयअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न पाउनेछ।

Shikhar
NIMB

स्वीकृत योजनाअनुसार युनाइटेड अजोड इन्स्योरेन्सले १००:१५ को अनुपातमा कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरबाट कम्पनीले कुल २३ करोड १० लाख रुपैयाँ पूँजी संकलन गर्नेछ। हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

यता, युनाइटेड अजोड इन्स्योरेन्सले अनुमति पाउँदा अर्कोतर्फ दुई ठूला कम्पनीहरूले हकप्रद शेयर निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन्। बोर्डको पछिल्लो तथ्याङ्कअनुसार साहस ऊर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गरेका हुन्।

साहस ऊर्जा लिमिटेडले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न निवेदन दिएको छ। यसअनुसार कम्पनीले ४ करोड ५७ लाख ३८ हजार कित्ता शेयर निष्कासन गरी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पूँजी जुटाउने लक्ष्य राखेको छ। यसको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले पनि १:१ कै अनुपातमा १ करोड ७९ लाख ८१ हजार २११ कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ। यस निष्कासनमार्फत कम्पनीले १ अर्ब ७९ करोड ८१ लाख रुपैयाँभन्दा बढी पूँजी संकलन गर्नेछ। यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

मंगलबारसम्मको तथ्याङ्कअनुसार धितोपत्र बोर्डको पाइपलाइनमा विभिन्न क्षेत्रका १६ वटा कम्पनीहरू रहेका छन्। ती सबै कम्पनीहरूले अनुमति पाएमा बजारमा कुल १४ करोड ८४ हजार ९२० कित्ता हकप्रद शेयर थपिनेछन्। बोर्डका अनुसार ती शेयरहरूको कुल मूल्य १४ अर्ब ८४ लाख ९१ हजार ९८० रुपैयाँ हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया