NIMB Header 2
Nepal Life

एनएलजी इन्स्योरेन्स कम्पनीको मुनाफा ८५ प्रतिशतले घट्यो, बीमाशुल्क आर्जनमा सामान्य सुधार

IME LIFE
  • BFIS News
  • 2026 Feb 11 11:23
एनएलजी इन्स्योरेन्स कम्पनीको मुनाफा ८५ प्रतिशतले घट्यो, बीमाशुल्क आर्जनमा सामान्य सुधार
United Ajod

काठमाडौं। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले पुस मसान्तसम्म १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Nepal Life
NIMB

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा कम्पनीको खुद नाफा चालू आवमा ८५.१८ प्रतिशतले घटेको देखिएको छ।

यद्यपि बीमाशुल्क आर्जनमा भने कम्पनीले सामान्य सुधार देखाएको छ। गत आवको पुस मसान्तसम्म ४४ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालू आवको सोही अवधिमा १.८९ प्रतिशत वृद्धि गर्दै ४५ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६७ करोड ७ लाख रुपैयाँबाट १६.६४ प्रतिशतले वृद्धि भई ७८ करोड २३ लाख रुपैयाँ पुगेको छ। तर कुल खर्च भने ५६ करोड ५ लाख रुपैयाँबाट ३६.७६ प्रतिशतले बढेर ७६ करोड ६६ लाख रुपैयाँ पुगेको छ। खर्चमा उल्लेख्य वृद्धि भएपछि नाफामा दबाब परेको देखिन्छ।

कम्पनीले अभिकर्तालाई दिने कमिशन पनि २ करोड ७२ लाख रुपैयाँबाट १९.२४ प्रतिशतले वृद्धि गरी ३ करोड २५ लाख रुपैयाँ पुर्‍याएको छ।

बीमाकोषको आकार उल्लेख्य रूपमा विस्तार भएको छ। समीक्षा अवधिमा कम्पनीको बीमाकोष ३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँबाट ४६.३९ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ९.६८ रुपैयाँबाट घटेर ०.८६ रुपैयाँमा झरेको छ। सोल्भेन्सी अनुपात भने ३.४२ प्रतिशतबाट बढेर ४.२४ प्रतिशत कायम भएको छ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ३९ करोड ६८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ७१ लाख रुपैयाँ र जगेडा कोषमा २२ लाख रुपैयाँ सञ्चित रहेको छ। यस अवधिसम्म कम्पनीको कुल सम्पत्तिको मूल्य ९ अर्ब ८७ करोड रुपैयाँभन्दा माथि पुगेको वित्तीय विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया