Nepal Life

राष्ट्र बैंकको एकिकृत निर्देशनको संशोधन: मूल रोगको औषधी नगरी लाक्षणिक उपचार

Global Ime detail Page
  • सुमन सुवेदी
  • 2023 Oct Fri 12:30
राष्ट्र बैंकको एकिकृत निर्देशनको संशोधन: मूल रोगको औषधी नगरी लाक्षणिक उपचार
Sanima Reliance

काठमाडौं । लामो मन्थन र सकस पछि नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन संशोधन तथा परिवर्तन गरेको छ। सबैभन्दा स्वागत योग्य कदम एकै प्रकृती को कर्जामा अधिकतम व्याज दरमा भिन्नता २ प्रतिशत मात्र राख्न पाइने व्यवस्था गरिएको छ । जसले साना र बढी व्याज लगाइएका ऋणीलाई फाइदा पुग्नेछ ।

NIMB

१. पास लोनमा कर्जा नोक्सानी १.३०% वाट घटाएर १.२५% ( थोरै प्रोभिजन नाफामा फर्कने)

२. मार्जिनकर्जा (share loan) व्यक्तीगत तर्फ १५ करोड तथा संस्था तर्फ २० करोड ( साविक १२ करोड वाट वृद्धी तथा सामान्य लचक)

३.counter cyclical buffer स्वरूप यो वर्षदेखी अतिरित्त ०.५०% थप गरेर पुंजी पर्याप्तता पालना गर्नु पर्ने (बैंकको जोखिम वहन क्षमता बढ़ने)

४. सिमेन्ट, डण्डी, स्वास्थ्य, शिक्षा तथा प्राकृतिक प्रकोप पिडित गर चैतसम्म नियमित कर्जा हरुलाई पुनरसंरचना गर्ने म्याद २०८० पौस मसान्त सम्म दिइयो । (समस्यारत विशेष क्षेत्रलाई soft corner)

५. विना प्रयोजन दिइने व्यक्तीगत अधिविकर्ष, टर्म लोन आदिमा फेपर वजार मूल्य ५०% सम्म ऋण प्रवाह गर्न सकिने (सामान्य लचक)

६. रियल स्टेट कर्जा मा लोन टु भ्यालु रेसियो ५०% तथा आबासिय घर कर्जामा ६०% पुर्‍याइयो । (सामान्य लचक )

७. बैंक ग्यारेन्टीको आधिकारिकता जारी गर्ने बैंकको पोर्टलबाट हेर्ने व्यवस्था (जाली ग्यारेन्टीको कारोबारमाथी हतौडा)

८. पच्चीस लाख भन्दा बढीको गाडी कर्जामा जोखीम भार १२५ % मात्र चाहिने (साविक १५०% वाट थोरै कम)

९. कृषीमा कमशः १५%, उर्जामा १०% कर्जा २०८४ असार भित्र पुर्‍याउनु पर्ने (समय पछि सारिएको)

१०. घरेलु कर्जा मा प्रती ऋणी रु १ करोड नवढाई १५% कर्जा प्रत्यक्ष रुपमा २०८४ असार मसान्त भित्रमा लगानी गर्नु पर्ने ।

११. बैंक को जागीर खान पदोन्नती पाउन प्रमाणीकरण कोर्स गरेकोलाई प्राथमिकता दिइने (Nbi Nepal लाई रिभेन्यू सहज साथै skill development मा सहयोगी)

१२. पचास लाख माथीको मुद्धती खाता (fixed deposit) खोल्न आन्तरिक राजस्वको दर्ता pan no अनिवार्य गरिएको छ । (Kyc)

समग्रमा केहि लचकको निती लिइए पनि यसको प्रभाव कस्तो हुन्छ वा स्थीती सुधार्न पर्याप्त हुन्छ हुन्न भन्ने कुरा भविष्य ले देखाउँनेछ ।

बैक दर र नगद पर्याप्तता अनुपात नचलाएको कारणले यसले मूल रोगको औषधी नगरी symptomatic treatment मा मात्र बढी ध्यान दिएको हो की भन्ने शंका गर्ने ठाउँ प्रसस्त छ । अगामी दिनमा परिणाम ले यसको प्रभावकारीता  देखाउने नै छ ।

(पुर्व बैंकर सुवेदी हाल त्रिभुवन विश्व विद्यालयका विभिन्न क्याम्पसमा अध्यापन गराउछन् । उनि सँग १७ वर्षको बैंकिङ अनुभव रहेको छ ।)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया