धितोपत्र बोर्डले ग्लोबल मनि विक मनाउने, बालबालिका र युवामा वित्तीय साक्षरता बढाउने
- BFIS News
- 2026 Mar 03 08:48
काठमाडौं । Securities Board of Nepal (सेबोन) ले नेपालमा “ग्लोबल मनी वीक” २०२६ (Global Money Week–GMW) को १४औँ संस्करण आगामी चैत ३ देखि ९ गतेसम्म (मार्च १६–२२) विभिन्न कार्यक्रमसहित मनाउने भएको छ।
बालबालिका तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र सोच विकास गर्ने उद्देश्यका साथ मनाइने उक्त सप्ताहको यस वर्ष नेपालका लागि नारासमेत तय गरिएको छ “Smart Money Talks”।
सप्ताहव्यापी कार्यक्रम सफल बनाउन सेबोनले नेपालका सबै सरोकारवाला निकाय तथा संस्थाहरूलाई विभिन्न जनचेतनामूलक तथा शैक्षिक कार्यक्रम आयोजना गर्न आग्रह गरेको छ। साथै, पूँजी बजारसँग सम्बन्धित संस्थाहरूलाई सप्ताह अवधिमा सञ्चालन गरिने कार्यक्रमहरूको विवरण बोर्डमा जानकारी गराउन पनि अनुरोध गरिएको जनाएको छ।
बोर्डका अनुसार, Organisation for Economic Co-operation and Development (OECD) तथा यसको International Network on Financial Education (INFE) को सदस्यका रूपमा सेबोनले विगत सात वर्षदेखि नेपालमा ग्लोबल मनी वीक मनाउँदै आएको छ। यस अवधिमा सेबोनले Nepal Stock Exchange Limited, CDS and Clearing Limited, Merchant Bankers Association of Nepal, Stock Brokers Association of Nepal, Nepal Private Equity Association, क्रेडिट रेटिङ एजेन्सी तथा सेयर कारोबारसम्बन्धी संस्थाहरूसँग सहकार्य गर्दै वित्तीय साक्षरता र लगानीकर्ता सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।
Organisation for Economic Co-operation and Development को नेतृत्वमा हरेक वर्ष विश्वव्यापी रूपमा आयोजना हुने ग्लोबल मनी वीकमार्फत हालसम्म विश्वका १७६ देशका ७ करोडभन्दा बढी युवासम्म वित्तीय शिक्षासम्बन्धी सन्देश पुर्याइएको उल्लेख गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)
















प्रतिक्रिया