NIMB Header 2
Nepal Life

सोपान फर्मास्युटिकल्सको आईपीओ प्रस्ताव स्वीकृत, ४२ लाख ९० हजार कित्ता शेयर ल्याउँदै

IME LIFE
  • BFIS News
  • 2026 Mar 03 23:04
सोपान फर्मास्युटिकल्सको आईपीओ प्रस्ताव स्वीकृत, ४२ लाख ९० हजार कित्ता शेयर ल्याउँदै
United Ajod

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रस्ताव स्वीकृत गरेको हो। बोर्डले उक्त प्रस्ताव २०८२ साल फागुन १७ गते स्वीकृति दिएको जनाएको छ।

Nepal Life
NIMB

स्वीकृत प्रस्तावअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४२ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ। आईपीओ निष्कासनपछि कम्पनीले सर्वसाधारणबाट उल्लेख्य पूँजी संकलन गर्ने अपेक्षा गरिएको छ।

कम्पनीको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यसैबीच, CARE Ratings Nepal Limited ले सोपान फर्मास्युटिकल्स लिमिटेडको इश्यूअर रेटिङ CARE-NP B- (Is) बाट स्तरोन्नति गर्दै CARE-NP B (Is) प्रदान गरेको छ, जसले उच्च डिफल्ट जोखिम संकेत गर्दछ। साथै, कम्पनीको दीर्घकालीन बैंक सुविधा रेटिङ CARE-NP B मा संशोधन गरिएको छ भने अल्पकालीन बैंक सुविधा रेटिङ CARE-NP A4 यथावत् राखिएको छ।

सन् २००९ मा स्थापना भएको सोपन फर्मास्युटिकल्स लिमिटेड एक पब्लिक कम्पनी हो, जसमा संस्थागत तथा व्यक्तिगत प्रवर्द्धकहरूको लगानी रहेको छ। कम्पनीले ललितपुरस्थित आफ्नो उद्योगबाट जेनेरिक तथा सेफालोस्पोरिन समूहका औषधि उत्पादन गर्दै आएको छ। कम्पनीसँग १३९ प्रकारका औषधि उत्पादन तथा ७० प्रकारका औषधि बजारिकरणका लागि अनुमति प्राप्त रहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया