NIMB Header 2
Nepal Life

बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न उच्चस्तरीय समिति गठन

IME LIFE
  • BFIS News
  • 2026 May 24 19:58
बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न उच्चस्तरीय समिति गठन
United Ajod

काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको प्राविधिक अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

 

Nepal Life
NIMB

प्रतिभा रावल को अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले नापी विभाग का उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एक–एक प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ । साथै नापी विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह का प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि मन्त्रालयका सहसचिव प्रकाश दाहाल, नापी विभागका महानिर्देशक प्रकाश जोशी लगायतको सहभागिता रहेको थियो ।

बैठकले बाजुरा र हुम्लाबीचको सीमा विवादलाई प्राविधिक रूपमा अध्ययन गरी तथ्यगत प्रतिवेदन तयार पार्ने निष्कर्ष निकालेको छ

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया