Nepal Life

शेयर बजारका लागि नेपाली काङ्ग्रेस भर्सेस रास्वपा, कसले जित्दा लगानीकर्ता होलान् मालामाल?

NMB Bank
  • अरुण सापकोटा
  • 2026 Mar 04 10:21
शेयर बजारका लागि नेपाली काङ्ग्रेस भर्सेस रास्वपा, कसले जित्दा लगानीकर्ता होलान् मालामाल?
National Life

काठमाडौं। निर्वाचनको पुर्वसन्ध्यामा विश्लेषकहरुले यस पटकको निर्वाचन नेपाली कांग्रेस भर्सेस राष्ट्रिय स्वतन्त्र पार्टी हुने विश्लेषण गरेका छन्। भोलिको निर्वाचन परिणामले यथार्थता दिनेनै छ, यद्यपी निर्वाचनको मैदानमा यस पटक नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (पुर्व माओवादी) निकै निरिह देखिए। कुनै समय विष्णु पौडेलको नाम सुन्ने वित्तीकै हरियाली छाउने शेयर बजार अवका दिनमा कुन दल वा कुन नेतृत्व आउदा कस्तो रियाक्ट गर्ला भनेर विश्लेषण गर्ने बेला आएको छ।

Shikhar
NIMB

यदि पुर्वअनुमान अनुसार नतिजा आएमा यस वर्ष नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी विचमा पहिलो र दोस्रो दलका लागि भिडन्त हुने देखिन्छ। यसै कथ्यलाई आधार मानेर विश्लेषण गर्ने हो भने यि दुबै दलको आर्थिक नीति र नेतृत्वलाई मूल्याङ्कन गर्नु पर्छ। दुबै दलको प्रकृती प्रजातान्त्रिक देखिन्छ। नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा गैर कम्युनिष्ट पृष्ठभूमीका व्यक्तिहरु छन्।

यता नेपाली कांग्रेस २००७ सालदेखि प्रजातन्त्रको पक्षमा लडेर लामो विरासत बनाएको पार्टी हो। अझ गगन थापाले जेनजी आन्दोलन पछि पार्टीलाई नै बदल्न सकेका छन्।

अव दुबै दलको नेतृत्वलाई हेर्नु पर्ने हुन्छ। नेपाली कांग्रेसको नेतृत्व गगन थापाले गरेका छन्। उनि सँग भर्खरका जेनजी युवादेखि परिपक्व राजनीतिज्ञ छन्। पार्टीले भावि प्रधानमन्त्रीको रुपमा गगन थापालाई अगाडी सारेर चुनावमा होमिएको छ। अर्को तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रवि लामिछाने छन् भने उनले भावी प्रधानमन्त्रीको रुपमा बहुचर्चित बालेन्द्र शाहलाई अगाडी सारेका छन्।

गगन थापा २०५२ सालदेखि राजनीतिमा सक्रिय व्यक्तित्व हुन्। उनको भाषणकलाले कुनै समय सारा नेपाली मन्त्रमुग्ध हुन्थे। अहिले पनि उनि नेपाली कांग्रेस बृत्तमा सबैभन्दा धेरै रुचाइएका राजनीतिज्ञ हुन्। यसले गर्दा नेपाली कांग्रेसकै इतिहासमा पहिलो पटक सारा गुट भत्काउदै उनले घात अन्तर्घातको अवस्थालाई चिर्न सफल भएका छन्। यसले गर्दा पनि आगामी निर्वाचन नेपाली कांग्रेसको पोल्टामा आउने आकलन गरिएको हो।

उता पुराना दल प्रतिको असन्तुष्टी र आक्रोसलाई क्यास गर्न सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो माहोललाई देशव्यापी बनाउन सफल भएको छ। रास्वपाका दुबै नेतृत्व आफैमा दुधले नुहाएका व्यक्तित्व होइनन् तर हरेक कालखण्डमा नयाँ नयाँ एक्सपेरिमेन्ट गर्ने नेपाली समाजलाई यस समुहले मत परिवर्तनको लागि विकल्प प्रस्तुत गरिदिएको छ। यो समुहले आफुलाई लोकप्रियतामै सिमित गर्दै गर्दा उता नेपाली कांग्रेसका गगन थापाको समुह विगत ८ वर्षदेखि प्रोजेक्ट गभर्मेन्टको तयारीमा थियो।

जतिवेला नेकपा एमाले र नेकपा माओवादी मर्ज भएर चुनावमा होमिए त्यस पछि उनको समुहले नेपाली काग्रेसले अवको ८ वर्षसम्म नेतृत्व पाउन नसक्ने आकलन गर्दै आफुले नेतृत्व सम्हाल्दै गर्दा सरकारमा गएर कसरी सफलतापुर्वक काम गर्ने भनेर तयारी गरेको थियो। तर उनको यस योजनामा राष्ट्रिय स्वतन्त्र पार्टी यसरी उदायो कि उनका लागि भारी पर्ने अवस्था आएको छ। यदि थापाको नेतृत्वमा नेपाली कांग्रेस पहिलो पार्टी भयो र सरकार बनाउने अवसर पायो भने उनले आफ्नो कौशलता प्रस्तुत गर्नेमा कुनै दुविधा भने छैन। जुन राष्ट्रिय हितका लागि पनि अपरिहार्य छ।

यसले गर्दा पछिल्लो समय अन्य सिद्धान्त तथा विचारमा विश्वास गर्ने राष्ट्रिय व्यक्तित्वहरुले समेत खुलेर गगन थापाको पक्षमा वकालत गरेका छन्। त्यसमा पनि विश्व युद्धको संकेत देखिदै गर्दा नेपालले सुझबुझ पुर्ण नेतृत्व दिन सक्नु पर्छ, अन्यथा हाम्रो सार्वभौमसत्ता नै खतरामा पर्न सक्ने अवस्था आउन सक्छ।

जनता जनार्दन

यहाँ कसैले चाहेर वा नचाहेर कुनै दलले हार्ने वा जित्ने अवस्था रहदैन। भोलिको परिणाम स्वीकार गर्नु बाहेक अन्य विकल्प हुँदैन। त्यसो भए नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी मध्ये को आउदा शेयर बजारका लागि हित होला त?

राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थनीति बजार उन्मुख र संरचनागत सुधारमा केन्द्रित देखिन्छ। यदि यसको मुख्य प्रस्तावहरू नीतिमा मात्र होइन, व्यवहारमा लागू भए भने, नेपालको शेयर बजारमा उल्लेखनीय सकारात्मक प्रभाव पर्न सक्छ। तर प्रभावको आकार कार्यान्वयन र राजनीतिक स्थिरतामा निर्भर हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको आशा लाग्दा व्यक्तित्व भनेका डा. स्वर्णिम वाग्ले हुन्। उनि तनहुँबाट निर्वाचन लडिरहेका छन्। उनको अर्थनीति प्रतिको सुझबुझ पुर्ण नेतृत्वले पक्कै पनि परिणाम दिन सक्छ भनेर मूल्याङ्कन गर्न सकिन्छ। यस बाहेक अन्य नेतृत्वमा धेरै ठुलो आशा गर्ने ठाउँ छैन। यदि उनले निर्वाचन हारे भने के होला? त्यस पछि रास्वपामा अर्को विकल्प देखिदैन।

नेपाली कांग्रेसले चुनाव जितेर सरकार बनायो भने नेपालको शेयर बजारमा राम्रो प्रभाव पार्ने विश्लेषकहरु बताउछन्। मुख्यतः स्थिरता, नीतिको निरन्तरता, बजेट र मौद्रिक नीतिको समन्वयमा निर्भर हुनेछ। ऐतिहासिक रूपमा नेपाली कांग्रेसलाई मध्यमार्गी, निजी क्षेत्र मैत्री र उदार अर्थनीति अपनाउने पार्टीका रूपमा हेरिन्छ। गगन थापा स्वयं सरकारको ढुकुटी बलियो भयो भने डेलिभरी दिन सकिन्छ भन्ने पक्षमा छन्। उनि आफैले अर्थशास्त्रको अध्ययन गरे र बुझे। त्यसैले उनको अवको योजना आर्थिक समृद्धिलाई कसरी अगाडी बढाउने भन्ने तर्फ नै केन्द्रित हुने देखिन्छ।

विगतका अनुभव हेर्ने हो भने सरकारमा प्रजातान्त्रिक दलले नेतृत्व लिदै गर्दा शेयर बजार बढ्ने गरेको पाइन्छ। जव जव कम्युनिष्ट पार्टी सरकारमा पुग्थे तव तव शेयर बजार घटेको अनुभव छ। नेपालको शेयर बजारले नेपाली कांग्रेसलाई जहिले पनि स्वागत गरेको अनुभव छ। विचमा नेकपा एमाले त्यसमा पनि विष्णु पौडेललाई भने छुट्टै हिसावले रियाक्ट गरेको थियो। 

रास्वपाको सरकार हेर्न बाँकी छ। विगतमा रवी लामिछानेको सरकार अनुभवलाई हेर्ने हो भने उनिमा सरकारको नेतृत्व र शक्तिलाई केन्द्रमा राखेर हिड्ने प्रवृत्ती देख्न सकिन्छ। उता बालेन पनि शक्तिलाई केन्द्रमा राख्ने प्रवृत्तीका देखिन्छन्। उनको महानगरको अनुभव हेर्ने हो भने पनि आफुले पाएको बजेट पनि खर्च गर्न नसकेको अवस्था थियो। यहाँबाट पनि यि दुई नेतृत्व आर्थिक मुद्दामा खासै केन्द्रित व्यक्तित्व होइनन्। यसले गर्दा यहाँ संशयको अवस्था छ। यति भन्दैमा उनिहरुलाई आर्थिक मुद्दामा सहयोग गर्ने टिम भने हुन्छ। विगतमा नेकपा माओवादीलाई हेर्ने हो भने अधिकाम्स बजेट तथा आर्थिक नीति सरकारी कर्मचारीले बनाउनु पर्ने अवस्था देखियो। किनकी उनिहरु आर्थिक मुद्दा लिएर आएका थिएनन्।  

कतिपय बजार विश्लेषकहरुले नेपाली कांग्रेसले चुनाव जित्यो भने शेयर बजारले अलटाइम हाइको रेकर्ड बनाउने भन्दै विश्लेषण गरेको पनि पाइयो। यसै क्रममा धेरैले यस अवधिमा राम्रो शेयर खरिद गरेको पनि पाइयो। तर चुनावी माहोल रास्वापको पक्षमा देखिदै गर्दा चुनाव अगाडीको शेयर बजारमा खासै ठुलो चार्मिङ देखिएन। यहाँबाट पनि शेयर बजारले रास्वपालाई तत्काल सकारात्मक रियाक्ट गर्ने देखिएको छैन। तर जुन नेतृत्व आए पनि उनिहरुले निम्न पक्षमा ध्यान दिएमा शेयर बजारले पक्कै पनि गति लिन सक्छः-

१. राजनीतिक स्थिरता: स्थिर सरकार र नीतिगत निरन्तरता भएमा लगानीकर्ताको विश्वास बढ्छ।

२. ब्याजदर र मौद्रिक नीति (नेपाल राष्ट्र बैंक) विच समन्वय:

कम ब्याजदर = शेयरतर्फ आकर्षण बढ्ने

उच्च ब्याजदर = बैंक निक्षेपतर्फ झुकाव

यहाँ एउटा रोचक पक्ष के छ भने यहि रास्वापाले चुनाव जित्यो र डा. स्वर्णिम वाग्ले अर्थमन्त्री भए पनि सबैभन्दा पहिला वाग्लेको राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेल सँग टकराव हुने निश्चित छ। जवकी सरकारले चाहेर पनि गभर्नरलाई हटाउन सक्दैन। तर कांग्रेसले जित्यो भने यसमा धेरै समन्वयात्मक भुमिका रहनेछ। 

३. प्रभावकारी नियमन (नेपाल धितोपत्र बोर्ड): पारदर्शी, स्वतन्त्र र छिटो निर्णय गर्ने नियामकले बजारलाई विश्वासिलो बनाउँछ।

४. तरलता (Liquidity): बैंकिङ प्रणालीमा पर्याप्त पैसा हुँदा शेयर बजारमा कारोबार बढ्छ।

५. नयाँ वित्तीय उपकरण: Intraday, Short selling, Futures/Options जस्ता उपकरणले बजार परिपक्व बनाउँछन्।

६. प्रविधि र डिजिटल प्रणाली (नेपाल स्टक एक्सचेञ्ज): बलियो ट्रेडिङ सिस्टम, छिटो सेटलमेन्ट, कम टेक्निकल समस्या।

७. विदेशी लगानी प्रवेश: FDI वा NRNA लगानी खुला भएमा पूँजी विस्तार हुन्छ। यस मामिलामा रास्वपाले चाह्यो भने बैदेशिक रोजगारमा गएका नेपाली र एनआरएनलाई शेयर बजारको बाटो खोलिदिने खुकुलो नीति लिन सक्ने सम्भावना छ। अर्को तर्फ नेपाली कांग्रेसको सरकारलाई वैदेशिक लगानीकर्ताले विश्वास गर्ने सम्भावना भने उच्च रहन्छ। 

८. बलिया सूचीबद्ध कम्पनीहरू: ठूला जलविद्युत, उत्पादन, बहुराष्ट्रिय कम्पनी सूचीकरणले बजारको गहिराइ बढाउँछ।

९. IPO प्रणाली सुधार: निष्पक्ष बाँडफाँड, पारदर्शी मूल्य निर्धारण।

१०. स्थिर कर नीति: पूँजीगत लाभकरमा बारम्बार परिवर्तन नहुनु।

११. बैंकिङ क्षेत्रको स्वास्थ्य: खराव कर्जा NPL कम, कर्जा विस्तार स्वस्थ। बैंकिङ सेक्टर बलियो भए बजार बलियो हुन्छ।

१२. संस्थागत लगानीकर्ता विकास: म्युचुअल फण्ड, पेन्सन फण्ड, इन्स्योरेन्स फण्ड सक्रिय हुनुपर्छ।

१३. लगानीकर्ता शिक्षा:  हल्ला भन्दा आधारभूत विश्लेषणमा आधारित लगानी संस्कार विकास।

१४. कानुनी संरचना र छिटो न्याय प्रणाली: इनसाइडर ट्रेडिङ, कार्टेलिङमा कडा कारबाही।

१५. समग्र आर्थिक वृद्धि: GDP वृद्धि, रोजगारी, रेमिट्यान्स, पूर्वाधार विस्तार। यी सबैले कर्पोरेट नाफा बढाउँछन्, जसले शेयर मूल्य बढाउँछ।

शेयर बजार सुधार कुनै एक पार्टी वा एक निर्णयले मात्र हुँदैन। मौद्रिक नीति + राजनीतिक स्थिरता + नियामक सुधार + प्रविधि + आर्थिक वृद्धि, यी सबै सन्तुलित रूपमा अघि बढेमा मात्र दीर्घकालीन बुल मार्केट सम्भव हुन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया