चितवन–२ बाट रवि लामिछाने भारी मतान्तरले विजयी, ह्याट्रिक जित
- BFIS News
- 2026 Mar 07 08:41
नारायगढ, फागुन २३ गते । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनुभएको छ । उहाँले ५४ हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना कुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका अश्विन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्नुभएको छ ।
योसँगै लामिछानेले चितवन–२ बाट ह्याट्रिक जित हासिल गर्नुभएको छ । यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उहाँले ४९ हजार तीन सय मत प्राप्त गर्नुभएको थियो भने त्यसपछि भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत ल्याएर विजयी हुनुभएको थियो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)















प्रतिक्रिया