NIMB Header 2
Nepal Life

कृषि विकास बैंक कर्मचारी युनियनको बागमती अधिवेशनबाट नयाँ नेतृत्व चयन

IME LIFE
  • BFIS News
  • 2026 Mar 21 06:25
कृषि विकास बैंक कर्मचारी युनियनको बागमती अधिवेशनबाट नयाँ नेतृत्व चयन
United Ajod

काठमाडौं, चैत ४ । कृषि विकास बैंक कर्मचारी युनियन, नेपाल बागमती प्रदेश समिति तथा मुख्य कार्यालय समितिको ऐतिहासिक प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

Nepal Life
NIMB

बागमती प्रदेश कार्यालय, बत्तिसपुतली गौशालामा आयोजित अधिवेशनबाट बागमती प्रदेश समितिको अध्यक्षमा दिवाकर सुवेदी निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी, मुख्य कार्यालय समितिको अध्यक्षमा सीता अधिकारी चयन भएकी छन्।

अधिवेशनले दुवै समितिका सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय प्रतिनिधिहरूलाई समेत निर्विरोध रूपमा चयन गरेको युनियनले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले श्रमिक हकहितको संरक्षण, संस्थागत सुदृढीकरण तथा कर्मचारी एकताको सुदृढीकरणमा अधिवेशनले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। साथै, आगामी दिनमा युनियनको सक्रियता अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया