Nepal Life

हिमालयन इन्भेष्टमेन्ट बैंकरको सीईओमा शैलेश सुवेदी नियुक्त

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 26 18:48
हिमालयन इन्भेष्टमेन्ट बैंकरको सीईओमा शैलेश सुवेदी नियुक्त

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शैलेश सुवेदीलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको ४३औँ बैठकले गरेको निर्णयअनुसार उनको नियुक्ति असार ११ गतेदेखि लागू भएको हो।

Nepal Life
NIMB

कम्पनीले जारी गरेको जानकारीअनुसार सुवेदीसँग पुँजी बजार, क्रेडिट रेटिङ, प्राइभेट इक्विटी तथा जोखिम मूल्याङ्कन (रिस्क एसेसमेन्ट) क्षेत्रमा लामो व्यावसायिक अनुभव रहेको छ। उनको नेतृत्वले संस्थागत विकास, सेवा विस्तार, सुशासन अभिवृद्धि तथा लगानीकर्तामैत्री सेवाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने कम्पनीको विश्वास छ।

हिमालयन इन्भेष्टमेन्ट बैंकरले नेपालको पुँजी बजारको विकासमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने लक्ष्यसहित अनुभवी नेतृत्वलाई जिम्मेवारी सुम्पिएको जनाएको छ। कम्पनीका अनुसार सुवेदीको अनुभव र नेतृत्वले संस्थाको व्यवसायिक क्षमता सुदृढ गर्नुका साथै सेवा प्रवाहलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कम्पनीले नयाँ नेतृत्वसँगै संस्थागत सुशासनलाई थप मजबुत बनाउँदै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, नवीन सेवाहरू विस्तार गर्ने तथा नेपालको पुँजी बजारको दिगो विकासमा सक्रिय योगदान पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया