सन नेपाल लाइफमा पेशागत बीमा अभिकर्ता संघ नेपालको तदर्थ बीमक समिति गठन, अध्यक्षमा हरि प्रसाद निरौला
- BFIS News
- 2026 Aug 01 19:27
काठमाडौं, साउन १६ — पेशागत बीमा अभिकर्ता संघ नेपाल अन्तर्गत सन नेपाल लाइफको तदर्थ बीमक समिति गठन गरिएको छ। काठमाडौंको शंखमूलस्थित ए वन पार्टी भेन्युमा शनिबार आयोजित कार्यक्रममा संघको परिच्छेद–४ को दफा (१०) बमोजिम तदर्थ समिति गठन गरिएको हो।
कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपालका राष्ट्रिय अध्यक्ष ओमबहादुर खत्री, महासचिव कल्याण विक्रम पाँडे र सचिव सिता दाहालको उपस्थिति रहेको थियो। नवगठित तदर्थ समितिले आगामी छ महिनाभित्र पहिलो अधिवेशन सम्पन्न गरी निर्वाचित नयाँ कार्यसमिति गठन गर्नु पर्ने व्यवस्था रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खत्रीले नवगठित समितिले बीमा अभिकर्ता तथा बीमितहरूको हक, हित र अधिकार स्थापित गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले समितिलाई आवश्यक सहयोग गर्न संघ सधैं तयार रहेको पनि उल्लेख गरे।
गठित तदर्थ समितिको अध्यक्षमा हरिप्रसाद निरौला चयन भएका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मञ्जु भण्डारी, उपाध्यक्षमा शुकलक्ष्मी श्रेष्ठ र नीता शर्मा, सचिवमा राजु श्रेष्ठ तथा कोषाध्यक्षमा अमर शाही र सह-कोषाध्यक्षमा गीता कार्की बस्नेत चयन भएका छन्। समितिको सदस्यहरूमा रिता अधिकारी, लिलिता मिश्र, कैलाश जोशी र गोविन्द जोशी रहेका छन्।
संघका अनुसार तदर्थ समितिले संगठन विस्तार, अभिकर्ताको पेशागत क्षमता अभिवृद्धि तथा बीमितहरूको हित संरक्षणसँग सम्बन्धित गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउनेछ। साथै आगामी ६ महिना भित्र प्रथम अधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति निर्माण गर्नेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया