NIMB Header 2
Nepal Life

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि बढ्यो, पाँच उम्मेदवार सर्टलिस्ट

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Aug 06 18:36
नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि बढ्यो, पाँच उम्मेदवार सर्टलिस्ट
United Ajod

काठमाडौं । नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्। अर्थ मन्त्रालयको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत उनीहरूलाई सर्टलिस्ट गरेको हो।

Nepal Life
NIMB

मन्त्रालयले साउन २१ गते सार्वजनिक गरेको सूचना अनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, सम्बन्धित क्षेत्रको कार्यअनुभव तथा उनीहरूले पेस गरेको व्यावसायिक र वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा अन्तर्वार्ताका लागि पाँच जनालाई छनोट गरिएको हो।

अन्तर्वार्ताका लागि छनोट हुने उम्मेदवारहरूमा अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन्।

छनोटमा परेका उम्मेदवारहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आफ्नो व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण गर्नुका साथै अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। प्रस्तुतीकरण र अन्तर्वार्तापछि छनोट तथा सिफारिस समितिले उपयुक्त उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ।

समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्नेछ। अर्थ मन्त्रालयका अनुसार कोषको नेतृत्वका लागि दक्ष, अनुभवी र सक्षम व्यक्तिको छनोट सुनिश्चित गर्ने उद्देश्यका साथ खुला प्रतिस्पर्धात्मक प्रक्रिया अवलम्बन गरिएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया