माया खोला हाईड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशनका लागि पायो अनुमति
- BFIS News
- 2026 Sep 03 11:23
काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ।
कम्पनीको नवौं वार्षिक साधारण सभाबाट हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय भएको थियो। सोही निर्णयअनुसार कम्पनीले पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगसमक्ष आवेदन दिएको थियो।
आयोगले २०८३ भदौ १७ गतेको पत्रमार्फत कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको कम्पनीले जनाएको छ।
पूर्वस्वीकृति प्राप्त भएसँगै कम्पनीले १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउने भएको छ। हकप्रद शेयर निष्कासन तथा बिक्रीसम्बन्धी थप प्रक्रिया नेपाल धितोपत्र बोर्डबाट हुने स्वीकृति तथा प्रचलित कानुनी व्यवस्थाअनुसार अघि बढ्नेछ।
कम्पनीले विद्युत नियमन आयोगबाट प्राप्त पूर्वस्वीकृतिको प्रतिलिपिसहित नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको छ। उक्त जानकारी नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ, कम्पनी रजिष्ट्रारको कार्यालय, सिटिजन्स बैंक तथा सिटिजन्स क्यापिटललाई समेत बोधार्थ पठाइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया