भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग
- BFIS News
- 2026 Sep 03 05:00
काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरेको छ। विपद्को समयमा प्रदान गरिने सहयोगले प्रभावित नागरिकलाई राहतसँगै पुनर्स्थापनाका लागि आवश्यक आधार तयार गर्न योगदान पुग्ने बैंकको विश्वास छ।
बैंकले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सामूहिक सहकार्यलाई प्राथमिकतामा राख्दै विपद् प्रभावित क्षेत्रका राहत तथा पुनर्निर्माणका प्रयासमा साथ दिने जनाएको छ। कोषमा गरिएको आर्थिक सहयोगमार्फत प्रभावित समुदायप्रति ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिइएको बैंकले जनाएको छ।
भोटेकोशी बाढीबाट रसुवा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको छ।
प्रभु बैंकले विपद्बाट प्रभावित परिवार तथा समुदायसँग ऐक्यबद्ध रहँदै राहत, पुनर्स्थापना र पुनर्निर्माणका आगामी प्रयासमा समेत निरन्तर सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया