नेपाली बजारमा सुन–चाँदीको भाउ बढ्यो, सुन तोलामा ७ हजार ६ सय रुपैयाँ महँगियो
- BFIS News
- 2026 Sep 03 11:34
काठमाडौं, भदौ १८ गते। नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला ८ हजार ८ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बिहीबार बढेको छ। बुधबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १४५ रुपैयाँ वृद्धि हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्चस्तरमा कारोबार भइरहेको छ। आज सुन प्रतिऔंस ४ हजार ४ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया