NIMB Header 2
Nepal Life

जगदम्बा इन्टरप्राइजेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 02 05:57
जगदम्बा इन्टरप्राइजेजद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग
United Ajod

काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

Nepal Life
NIMB

जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। उक्त रकम बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा उपयोग गरिने बताइएको छ।

जगदम्बा इन्टरप्राइजेजले बाढी प्रभावित क्षेत्रमा आगामी दिनमा हुने पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्रीहरू छुटमा उपलब्ध गराउने जनाएको हो।

उद्योगको सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथा मानवीय सेवाका क्षेत्रमा सहयोग गरिएको निर्देशक रुङ्गटाले बताउनुभयो। उहाँले उक्त सहयोगले विपद्बाट प्रभावित नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गरे।

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि प्रभावितको उद्धार, राहत र पुनर्निर्माणका लागि निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले सहयोग गर्दै आएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया