NIMB Header 2
Nepal Life

सोपान फार्मास्युटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न, वैदेशिक रोजगारीमा रहेका ४२ हजार ९०० ले नेपाली पाए

IME LIFE
  • BFIS News
  • 2026 Mar 31 15:07
सोपान फार्मास्युटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न, वैदेशिक रोजगारीमा रहेका ४२ हजार ९०० ले नेपाली पाए
United Ajod

काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सोपान फार्मास्युटिकल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट आज सम्पन्न भएको छ।

Nepal Life
NIMB

कम्पनीको जारी पूँजी १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। यसमध्ये २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ। सो सार्वजनिक निष्कासनमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो।

त्यस्तै, कम्पनीका कर्मचारीहरूका लागि ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६०० कित्ता तथा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता शेयर सुरक्षित गरिएको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिनेछ।

यस आईपीओमा कुल ८२ हजार ९७९ वटा वैध आवेदनमार्फत ११ लाख ६७ हजार ३९० कित्ताका लागि आवेदन परेको थियो। यसैबीच, २८ वटा आवेदनबाट ३२० कित्ता शेयर अयोग्य घोषित भएका छन्।

बाँडफाँट मोड्युलअनुसार कुल ४२ हजार ९०० जना आवेदकलाई समान रूपमा १०/१० कित्ता शेयर प्रदान गरिएको छ।

आईपीओको नतिजा CDSC IPO Result, मेरोशेयर, तथा एनएमबि क्यापिटल लिमिटेड मार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। यस निष्कासनको धितोपत्र बिक्री प्रबन्धकको रूपमा एनएमबि क्यापिटल लिमिटेड रहेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

क्रेडिट रेटिङ एजेन्सी CARE Ratings Nepal Limited ले कम्पनीको इस्युअर रेटिङ CARE-NP B- (Is) बाट सुधार गर्दै CARE-NP B (Is) मा स्तरोन्नति गरेको छ, जसले उच्च जोखिमको संकेत गर्दछ। साथै, दीर्घकालीन बैंक सुविधा रेटिङ पनि CARE-NP B मा परिमार्जन गरिएको छ भने अल्पकालीन बैंक सुविधा रेटिङ CARE-NP A4 यथावत राखिएको छ।

सन् २००९ मा स्थापना भएको सोपन फार्मास्युटिकल्स लिमिटेडले ललितपुरस्थित आफ्नो उत्पादन केन्द्रबाट जेनेरिक तथा सेफालोस्पोरिन औषधिहरू उत्पादन गर्दै आएको छ। कम्पनीसँग १३९ प्रकारका औषधि उत्पादन तथा ७० प्रकारका औषधि बजारीकरणका लागि अनुमति रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया