NIMB Header 2
Nepal Life

सन नेपाल लाइफको कमान्ड कवि फूँयालको हातमा, निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त

IME LIFE
  • BFIS News
  • 2026 Apr 08 10:01
सन नेपाल लाइफको कमान्ड कवि फूँयालको हातमा, निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त
United Ajod

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बरिष्ठ उप प्रमुख कार्यकारी अधिकृत कवि फूँयाललाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ। कम्पनीको सञ्चालक समितिको १५६औं बैठकले उक्त निर्णय गर्दै फूँयाललाई कार्यवाहक नेतृत्व सुम्पिएको हो।

Nepal Life
NIMB

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललाई आइपिओ निष्काशन सम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएपछि कम्पनी नेतृत्व रिक्त बनेको थियो। सोही अवस्थालाई ध्यानमा राख्दै सञ्चालक समितिले फूँयाललाई तत्कालका लागि सीईओको जिम्मेवारी दिएको जनाएको छ।

फूँयाल यसअघि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। उनले त्यहाँ आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेपछि सन नेपाल लाइफमा आवद्ध भएका हुन्। कम्पनीले उनको अनुभव र नेतृत्व क्षमतालाई ध्यानमा राख्दै वर्तमान जिम्मेवारी दिएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया