सभामुख डीपी अर्याल र यूएनडीपी प्रतिनिधिबीच शिष्टाचार भेट
- BFIS News
- 2026 Apr 13 20:14
काठमाडौँ, चैत ३० गते । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले शिष्टाचार भेट गर्नुभएको छ । भेट सभामुखको कार्यकक्षमा सम्पन्न भएको हो ।
भेटका क्रममा सभामुख अर्यालले डिजिटलाइजेशन तथा ई-पार्लियामेन्ट निर्माणप्रति विशेष चासो व्यक्त गर्दै संसदलाई पेपरलेस प्रणालीतर्फ अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले समझदारीपत्रको अध्ययनपछि सहकार्यको मोडालिटीबारे थप छलफल गरिने उल्लेख गर्नुभयो ।
यूएनडीपीकी आवासीय प्रतिनिधि योकोसुकाले संसदहरूको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गर्नुभयो । उहाँले डिजिटल संसद निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभव आदानप्रदान कार्यक्रममार्फत सहयोग गर्न संस्था तयार रहेको जानकारी दिनुभयो ।
सभामुख अर्यालले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताउँदै उपयुक्त मोडालिटी तय गर्नुपर्नेमा जोड दिनुभयो ।
भेटमा संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डे लगायतका अधिकारी तथा यूएनडीपीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया